काठमाडौं । यामाहाले एन म्याक्स १५५ टर्बो स्कुटर सार्वजनिक गरेको छ । यामाहा इन्डोनेशियाले यामाहा एनम्याक्स टर्बो सार्वजनिक गरेको हो ।
कम्पनीको ५० औं वार्षिकोत्सवको अवसरमा एन म्याक्स टर्बो सार्वजनिक गरेको हो । यामाहाले २०१५ मा पहिलो पटक सार्वजनिक गरेको म्याक्सी स्कुटर नेपाल, अष्ट्रेलिया, एशिया तथा युरोपियन बजारमा बिक्री हुँदै आएको छ ।
यामाहा एनम्याक्स टर्बोमा इलेक्ट्रीक सीभीटी गियरबक्स उपलब्ध छ । कम्पनीका अनुसार यो गियरबक्सले राम्रो पर्फमेन्स दिनुका साथै यसमा दुई मोड उपलब्ध रहेको जनाएको छ ।
यसमा टी र एस मोड दिइएको छ । यसमा रहेको टी मोड सिटी राइडको लागि उपर्युक्त हुन्छ भने, एस मोड हाइवेका लागि उपर्युक्त छ । कम्पनीले यसमा टर्बो वाई सिफ्ट फिचर दिएको छ । यसमा चालकले राम्रो एसिलेरेशनका साथै तीन लेभलको इन्जिन ब्रेकिङ पाउँछन् । कम्पनीले यसमा डबल च्यानल एबीएस तथा ट्रयाक्सन कन्टोल जस्ता फिचर दिएको छ ।
यामाहा आर १५ को इन्जिन भएको यो स्कुटरले ८००० आरपीएममा १५.६ पीएस पावर र ६००० आरपीएममा १४.४ एनएम टर्क प्रदान गर्छ ।


