टियागो ईभीमा ‘नाव अर नेभर’ एक्सचेञ्ज अफर, बजेट अघिकै मूल्यमा किन्न पाइने

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङले ‘नाव अर नेभर– ड्राइभ होम टियागो ईभी एट प्रि–बजेट प्राइस’ एक्सचेन्ज अफर ल्याएको छ ।

यस अफर अन्तर्गत ग्राहकले बजेट अघिकै अर्थात् पुरानै मूल्यमा टियागो ईभी किन्न सक्नेछन् । सरकारले बजेटमार्फत कर बढाएकाले टियागोको मूल्य पनि बढेको छ । तर, सीमित स्टक गाडी पुरानै मूल्यमा किन्न पाउने कम्पनीले जनाएको छ ।

टियागो ईभीको मूल्य हाल २७ लाख ४९ हजारदेखि २९ लाख ९९ हजार रुपैयाँसम्म रहेको छ । ग्राहकले भने बजेट अघिकै अर्थात् १ लाख रुपैयाँ कममै खरिद गर्न पाउने छन् ।

यस्तै, ग्राहकले आफूले चाहेको स्थानमै पुरानो गाडीको मूल्याकंन र टेस्ट ड्राभभको सुविधा पाउने छन् । साथै आकर्षक एक्सचेन्ज बोनस, अटोप्लस इन्स्योरेन्स, २ वर्षको सवारी कर र एक्सेसरिज सुविधा पाउने छन् ।

यो योजना यही असार ६ गतेदेखि ८ गतेसम्म टाटा मोटर्सका देशभरका शोरुममा लागू हुने कम्पनीले जनाएको छ ।

टाटा टियोगो ईभी आरामदायी तथा क्लच र गियरको झञ्झट नहुने हुँदा गाडी चलाउन एकदमै सजिलो, पार्किङ्गका लागि सहज, किफायती र वातावरण मैत्री रहेको छ ।


Back_to_top