काठमाडौं । नेपाली बजारमा दुई पाङ्ग्रे सवारी साधनको आयातमा सुधार देखिएको छ । सन् २०२४ को जनवरीदेखि मे महिनासम्मको आयात ५७ हजार ९६२ यूनिट पुगेसँगै सुधार देखिएको हो ।
सन् २०२४ को ५ महिनामा भएको आयात तथ्यांक हेर्दा दुई पाङ्ग्रेको आयात बढ्दै गएको छ । पछिल्ला वर्षहरुमा मोटसाइकलको तुलनामा स्कुटरको ब्यापार बढ्दै गएको थियो । तर, पछिल्लो ५ महिनाको तथ्यांक अनुसार मोटरसाइकलको ब्यापार बढेको देखिन्छ ।
पछिल्लो ५ महिनामा मोटरसाइकल ३० हजार ५०१ यूनिट आयात हुँदा स्कुटरतर्फ २७ हजार ४६१ यूनिट आयात भएको देखिन्छ ।
दुई पाङ्ग्रे सवारीसाधनको आयातमा मात्रै नभएर रिटेलमा समेत सुधार देखिएको ब्यवसायीहरु बताउँछन् ।
नेपालमा स्कुटर बिक्री गर्ने मुख्य कम्पनीहरुमा होन्डा, टीभीएस यामाहा, हिरो, अप्रिलिया/भेष्पा, सुजुकी र इटालीका मोटो रहेको छन् ।
यो ५ महिनामा सबैभन्दा धेरै स्कुटर आयात गर्ने कम्पनी होन्डाले १४ हजार ६६५ यूनिट स्कुटर आयात गरेको देखिन्छ । होन्डाको समग्र स्कुटर सेग्मेन्टमा ५० प्रतिशतभन्दा धेरै बजार हिस्सा देखिन्छ ।
होन्डा डिओ बीएस फोरः ३ हजार ६४० यूनिट
होन्डा डिओ बीएस सिक्स ११०ः ७ हजार ४२५
डिओ १२५ः ३ हजार यूनिट
ग्राजियाः ५२० यूनिट
एक्टिभाः ८० यूनिट
दोश्रो नम्वरमा रहेको टीभीएसले ६ हजार ४०० यूनिट स्कुटर आयात गरेको छ । कम्पनीले एनटर्क १२५ को विभिन्न ३ भेरियन्टका स्कुटर आयात गरेको देखिन्छ । कम्पनीको स्कुटर आयात अघिल्लो वर्षको तुलनामा खस्केको हो ।
एनटर्क १२५ ड्रमः ३ हजार १२० यूनिट
एनटर्क १२५ रेस एडिशनः १ हजार २८० यूनिट
एनटर्क १२५ रेस एक्सपीः २ हजार यूनिट
त्यसैगरी, तेस्रो नम्वरमा रहेको यामाहाले ४ हजार १६० यूनिट स्कुटर ल्याएको छ । कम्पनीले प्रिमियम स्कुटर एरोक्स १५५ मोडल पनि १२० यूनिट ल्याएको छ ।
यामाहा रेजेडआर १२५ एफआईः २४२ यूनिट
यामाहा रेजेडआर १२५ एफआई हाइब्रिडः १ हजार ८०४ यूनिट
यामाहा रेजेडआर १२५ स्ट्रिट र्यालीः १ हजार ९९४ यूनिट
एरोक्स १५५ः १२० यूनिट
त्यसका अलावा चौथो नम्वरमा रहेको हिराले १ हजार ५० यूनिट जुम ११० नेपाल ल्याएको छ । पाँचौ नम्वरमा रहेको भेष्पा/अप्रिलियाले १ हजार ३२ यूनिट स्कुटर आयात गरेको भन्सार तथ्यांकबाट देखिन्छ ।
कुनै वेला निकै चर्चित मोटरसाइकल कम्पनी सुजुकीले १२७ यूनिट एभिनिस स्कुटर ल्याउँदा इटालिका मोटोले २२ यूनिट स्कुटर नेपाल ल्याएको हो ।


