काठमाडौं । जापानी प्रिमियम मोटरसाइकल निर्माता कम्पनी कावासाकीले २३० सीसीको नयाँ रेट्रो मोटरसाइकल ल्याउने तयारी थालेको छ । कम्पनीले रोयल इनफिल्डसँग प्रतिस्पर्धा गर्न २३० सीसी क्षमताको सिंगल सिलिन्डर मोटरसाइकल ल्याउने भएको हो ।
कम्पनीले कावासाकीको डब्लू सिरिजमा आधारित डब्लू २३० जापानी बजारमा ल्याउने तयार थालेको बताइएको छ । कम्पनीले २०२३ जापान मोविलिटी शोमा डब्लू २३० प्रर्दशन गरेको थियो । जसमा राउण्ड एलइडी हेडल्याम्प, ट्वीन पड डिजिटल कन्सोल प्रयोग भएको छ ।
कम्पनीले डूअल टोन कलरमा तयार पारेका यो मोटरसाइकलमा क्रोम सहितको स्पोक ह्वील प्रयोग गरिएको छ । यो मोटरसाइकलको फ्रन्टमा टेलिस्कोपिक र रियरमा ट्वीन सक याव्र्जभरका साथै दुबैतर्फ डिस्क ब्रेक उपलब्ध छ । डूअल च्यानल एबीएसका साथ आउने यो मोटरसाइकलमा क्लासिक फिल दिने राउण्ड टर्न इन्डिकेटर छ ।
यसमा २२३ सीसी सिंगल सिलिन्डर एसओएसचसी एयर कुल्ड इन्जिन छ । यो इन्जिनले २० हर्सपावर तथा २०.६ एनएम टर्क जेनेरेट गर्छ । यो मोटरसाइकलमा के कस्ता फिचर उपलब्ध छन भन्ने बारे बाहिर ल्याइएको छैन् । कावासाकीले जापानी बजारमा यो वर्षको अन्तिमसम्ममा मोटरसाइकल सार्वजनिक गर्ने रिपोर्टहरु बाहिर आएका छन् ।
कावासाकीले भारतीय बजारमा समेत मोटरसाइकल उत्पादन थालिसकेको छ । कम्पनीले हाल भारतीय बजारमा तीन मोडलका मोटरसाइकल उत्पादन थालेको छ भने डब्लू २३० पनि भारतमा उत्पादन हुने अनुमान गर्न सकिन्छ । भारतमा उत्पादन नभएतापनि जापानी बजारमा साजर्वजनिक भएसँगै यो मोटरसाइकल नेपाल आउने छ ।
हालै मात्र कावासाकी ब्राण्ड पुनः नेपाली बजारमा आउने पक्का भएको छ । नेपालमा कुन कम्पनीले ल्याउछ भन्ने यकिन जानकारी बाहिर नआएपनि कावासाकी इन्डियाले नेपालमा डिलर नियुक्त गरिसकेको जनाकारी दिएको छ ।

