सुजुकी जिम्नी पीकअप इलेक्ट्रीक र हाइब्रिड अप्सनमा आउने

काठमाडौं । सुजुकीले पनि एकपछि अर्को न्यू इनर्जी भेहिकलको घोषणा गरिरहेको छ । कम्पनीले आफ्नो पहिलो प्योर इलेक्ट्रीक भेहिकल ईभीएक्स बजारमा ल्याउने अन्तिम तयारी गरिरहेको समयमा अन्य मोडलका पनि समाचार बाहिर आएका हुन् ।

सुजुकीको चर्चित लाइफ स्टाइल एसयूभी जिम्नीमा आधारित रहेर कम्पनीले पीकअप पनि बजारमा ल्याउने भएको हो । जिम्नीको पीकअप इलेक्ट्रीक र हाइब्रिड इन्जिनमा उपलब्ध हुनेछ ।

कम्पनीले यसको हाइब्रिड भर्सन चाँडै बजारमा ल्याउने अनुमान गरिएको छ । जिम्नीको मिड लाइफ अपग्रेडमा नै हाइब्रिड टेक्नोलोजीसहितको जिम्नी पीकअप बजारमा आउने छ । यसको प्योर इलेक्ट्रीक मोडल भने सन् २०३० मा मात्रै उपलब्ध हुने बताइएको छ ।

जिम्नी पीकअपको साइज ५ ढोका भएको जिम्नीमा आधारित रहने छ । यसमा २५९० एमएम लामो ह्वीलवेस रहने छ । सुजुकीले जीप रुबीकनभन्दा सानो साइजमा यसलाई ल्याउने छ ।

जिम्नी पीकअपमा रहने फिचरको विषयमा कुनै आधिकारीक जानकारी आएको छैन । तर, यसमा आधुनिक सबै किसिमका सेफ्टी फिचरहरु रहने अनुमान गर्न सकिन्छ ।


Back_to_top