‘एक्स्टर नाइट एडिशन’को भारतमा बिक्री सुरू

काठमाडौं । हुन्डाईले आफ्नो पछिल्लो एसयूभी एक्सटरको नाइट एडिशन भारतमा सार्वजनिक गरेको छ । कम्पनीले ल्याएको नाइड एडिशन पूर्ण ब्ल्याक थेममा आधारित छ ।

भारतमा एक्सटरको उत्पादन थालेको एक वर्ष पुरा भएको उपलक्ष्यमा यसको नाइट एडिशन सार्वजनिक गरेको हो । हुन्डाईले एक्सटर नाइट एडिशनलाई विभिन्न ८ भेरियन्टमा ल्याएको छ । जसको मूल्य ८ लाख ३८ हजारदेखि १० लाख ४३ हजार रुपैयाँसम्म तोकिएको छ ।

नाइट एडिशनमा ब्ल्याक करल थेमसँग रेड कलर एसेन्ट प्रयोग गरिएको छ । फ्रन्ट बम्पर, टेलगेट र ब्रेक क्यालिपरमा रेड एसेन्ट प्रयोग भएको हो । साथै, अगाडि र पछाडिको स्कीड प्लेटलाई ब्ल्याक बनाइएको छ । ब्ल्याक कलरकै अलोय ह्वील र नाइट एडिशनको ब्याच पनि प्रयोग गरेको देखिन्छ ।

यसको इन्टेरियर पनि ब्ल्याक नै बनाइएको छ । सिटमा रातो कलर स्टीचिङ, रातो कलरको फुटवेल, रेड कलर प्रयोग भएको फ्लोर म्याट, कालोमै रातो कलर स्टेचिङ भएको स्टेरिङ ह्वील दिइएको छ ।

कम्पनीले कलरका अलावा धेरै केही परिमार्जन गरेको छैन । यसमा पहिल्यकै १.२ लिटर इन्जिन उपलब्ध छ । उक्त इन्जिनले ८३ पीएस पावर र ११४ एनएम टर्क प्रदान गर्छ ।


Back_to_top