यसरी सार्वजनिक भयो नेपालमा बिएमडब्ल्यू बाइक, तीन वर्षको वारेन्टि पाइने

काठमाडौं । बिएमडब्ल्यूको मोटरसाइकल नेपाली बजारमा आधिकारीक रुपमा बिक्री सुरु भएको छ । बिएमडब्ल्यूले भारतमा उत्पादन गरेको जी–३१० आर र जी–३१० जीएस मोटरसाइकलको नेपाली बजारमा बिक्री सुरु भएको हो । 

टर्क मोटर्सले नेपाली बजारमा ल्याएको बिएमडब्ल्यूका बाइक निकै चर्चित बाइक हुन् । करिब ५ महिना अगाडि भारतीय बजारमा उत्पादन सुरु भएको यी बाइकको उत्पादन ५० हजार यूनिट उत्पादन भैसकेको छ । 

कम्पनीले तीन वर्षको वारेन्टि प्रदान गरेको छ । उक्त अवधिमा जति गुडेपनि इन्जिनमा वारेन्टी प्रदान गर्ने जनाएको छ । साथै, कम्पनीले आफ्नो पहिलो ग्राहक अब्दुल रहमान र विनोद कार्कीलाई बाइकको साँचो हस्तान्त्रण गरियो ।  

उत्कृष्ट डिजाइन, आकर्षक बडी र उच्च पर्फमेन्सका कारण बिएमडब्ल्यूका बाइक संसारभर चर्चित छन् । त्यस्तोमा कम्पनीले इन्ट्री लेवलका जी–३१० का दुई मोडललाई आर्कषक बनाउन कुनै कसर बाँकी राखेको छैन । 

यी बाइकमा सार्प र सिल्क बडी, सिंगल–स्क्रीन, डिजिटल इन्स्टुमेन्ट कन्सोलको प्रयोग गरिएको छ, जसलाई ‘पेन्टागनल विन्डशील्ड’ले ढाकिएको छ । टेकोमिटर, स्पीडोमीटर, ओडोमिटर, फियुल गेज, गियर इन्डिकेटर, एबीएस सिग्नलका साथ अन्य थुप्रै रेगुलर फिचरहरु रहेको छ । 

दुबै बाइकमा ३१३ सीसी क्षमताको वाटर कुल्ड, सिंगल सिलिन्डर, फोरभल्भ इन्जिनको प्रयोग गरिएको छ ।  उक्त इन्जिनले ९,५०० आरपीएममा ३४ बीएचपी पावर र  ७५०० आरपीएममा २८ एनएम टर्क उत्पादन गर्छ । 

जी–३१० जीएसको तौल १६९ केजी रहेको छ भने जी–३१० आरको तौल १५८.५ किलोग्राम रहेको छ । दुबै बाइकमा ६ स्पीड म्यानुअल ट्रान्समिसन दिइएको छ । यी बाइकको टप स्पीड क्षमता १४३ किलोमिटर प्रतिघन्टा रहेको छ । 

बाइकमा राइडिङ्ग क्षमतासंगै उत्कृष्ट ब्रेकिंग सिस्टम दिइएको कम्पनीको दाबी छ ।  यसको फ्रन्ट र रियरमा १७ इन्च अलोय ह्वील दिइएको छ भने, डबल च्यानल एबीएस र अगाडि ३०० एमएम डिस्क ब्रेक र रियरमा २४० एमएमको सिंगल पिस्टोन क्यालिपर जडित डिस्क ब्रेक दिइएको छ । 

विभिन्न तीन कलर अप्शनमा उपलब्ध यस बाइकको मूल्य कलर अनुसार फरक रहेको छ । प्रायःजसो प्रिमियम ब्रान्डले कलर अनुसार मूल्य राख्ने गरेको पाइन्छ । 

कम्पनीले जसमध्ये रातो र कालो रंगका मोडल जी–३१० आरको मूल्य समान ९ लाख ५० हजार रुपैयाँ तोकेको छ । त्यस्तै सेतो रंगमा उपलब्ध मोडलको मूल्य भने ९ लाख ७५ हजार रुपैयाँ राखिएको छ ।

त्यसैगरी रातो र कालो रंगमा बजारमा आएको बिएमडब्ल्यु जी–३१० जीएसको मूल्य १० लाख ९० हजार रुपैयाँ निर्धारण गरिएको छ भने, सेतो रंगमा उपलब्ध सोही मोडलको मूल्य ११ लाख ११ हजार ५ सय रुपैयाँ तोकिएको छ । 


Back_to_top