आकर्षक मूल्यमा आउने भयो ‘जे-६’

काठमाडौं । एसपीजी अटोमोवाइल्सले नाडा अटो शोबाट बिक्री गर्ने योजना बनाएको जेको जे-६ को मूल्य ६९ लाख ९९ हजार निर्धारण भएको छ । कम्पनीले भन्सार प्रयोजनको लागि प्रकाशन गरेको मूल्य अनुसार जे-६ आकर्षक मूल्यमा आउने अनुमान गर्न सकिन्छ ।

जेको जे-६ मोडल चेरीको आई कारबाट प्रेरित छ । सीएटीएलले उत्पादन गरेको ६९.८ किलोवाट आवरको ब्याट्रीमा आउने जे-६ मोडल सिंगल चार्जमा ५०० किलोमिटर गुडाउन सकिने सीएलटीसीले प्रमाणित गरेको छ ।

अहिले नेपाल आइरहेको मोडलमा १३५ किलोवाट पीक पावर भएको रियर ह्वील ड्राइभ सिंगल मोटर छ । यसको अल ह्वील ड्राइभ मोडल पनि आउने कम्पनीले जनाएको छ ।

नेपाली बजारमा अहिलेसम्म क्रसओभर मोडलका एसयूभी मात्रै उपलब्ध छन् । तर, जेकोले प्योर इलेक्ट्रीक एसयूभी नेपाली बजारमा ल्याउन लागेको हो ।

यसको इन्टेरियर पनि निकै भब्य हुनेछ । ठूलो इन्फोटेन्टमेन्ट सिस्टम, डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, क्रिष्टल ड्राइभ मोड सेलेक्टर, छलमा दिइएको सोलार प्यानल, एडास फिचरहरु उपलब्ध रहेका छन् ।

प्रिमियम सिट, नयाँ लाग्ने स्टेरिङ ह्वील, पृथक डिजाइनमा उपलब्ध सेन्टर कन्सोल र टु स्टेप ड्यासबार्ड यसमा पाउन सकिन्छ । मूल्य पनि आकर्षक भएको कारण यसलाई बजारले कस्तो प्रतिक्रिया दिन्छ, त्यो थाहापाउन भने केही समय कुर्नु पर्ने हुन्छ ।


Back_to_top