हुन्डाईको कम्प्याक्ट एसयूभी ‘लियोनस’, देला इको स्पोर्टलाई टक्कर ?

हुन्डाईले आफ्नो नयाँ कम्प्याक्ट एसयूभी लियोनस (उत्पादन कोण नेम क्यूएक्सआई) सार्वजनिक गर्ने तयारीलाई तिब्रता दिएको छ । कम्पनीले उक्त एसयूभीलाई अप्रिल २०१९ मा सार्वजनिक गर्ने लागेको हो । 

कम्पनीले भारतीय बजारमा सन् २०१९ को समर सिजनमा सार्वजनिक हुने यस एसयूभीको कोडनेम ‘क्यूएक्सआई’ दिइएको छ । एचएनडी–१४ कन्सेप्टमा आधारित यो एसयूभी निकै सस्तो हुने अनुमान गरिएको छ । 

कम्पनीले लिओनीसलाई एचएनडी–१४ कन्सेप्टमा निर्माण गरेको छ, जुन कन्सेप्ट २०१६ को दिल्ली अटो एक्स्पोमा सार्वजनिक भएको थियो । कम्पनीले यस एसयुभीलाई आफ्नै लेटेस्ट डिजाईनमा निर्माण गरेको जनाएको छ । यसमा एड्जी क्यासकेडीङ ग्रील, मल्टी–लेवल लाइटिङ सिस्टमलगायतका विशेषता दिएको छ । यसमा डायमन्ड कट फिनिस गरिएको अलोय ह्वील दिइएको छ भने, रियरमा टेलल्याम्प दिइएको छ । 

हुन्डाई लियोनस पेट्रोल, डिजेल र टर्बोचाज्र्ड गरी तीन इन्जिन भेरियन्टमा बजारमा उपलब्ध हुने छ । यूरो ६ मापदन्डको इन्जिन दिइएको यसमा १.२ लिटर पेट्रोल इन्जिनले ८५ पीएस पावर र ११४ एनएम टर्क उत्पादन गर्छ । 

त्यस्तै, यसमा १.० लिटर डाइरेक्ट इन्जेक्शन टर्बोचार्ज्ड इन्जिन दिइएको छ । जसले ११८ पीएस पावर र १७१ एनएम टर्क उत्पादन गर्छ भने, १.५ लिटर डिजेल इन्जिनमा समेत उपलब्ध हुनेछ ।  जसले ११५ एचपी पावर र २५० एनएम टर्क उत्पादन गर्छ । यसमा ६–स्पीड म्यानुयल ट्रान्समिसन जडान गरिएको छ ।

यस एसयूभीले बजारमा मारुती–भिटारा ब्रेजा, टाटा नेक्सन तथा फोर्ड इको स्पोर्टसँग प्रतिस्पर्धा गर्नेछ । 


Back_to_top