काठमाडौं । नेपाल अायल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएकाे छ। निगमले यसअघि पनि मूल्यसमायाेजन गर्दा पेट्रोलियम पदार्थको मूल्य घटाएको थियाे।
अघिल्लाे पटक जस्तै निगमले यसपटक पनि पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर समान २/२ रुपैयाँ मूल्य घटाएको हो ।
निगमका अनुसार घटेकाे मूल्य आज राति बाह्रबजेबाट लागु हुने छ । मूल्य घटेपछि प्रति लिटर पेट्रोलको मुल्य १ सय १० रुपैयाँ तथा डिजेल र मट्टितेलको ९७ रुपैयाँ कायम भएको छ। ग्यासकाे मूल्यमा भने कुनै परिवर्तन गरेकाे छैन ।


