केटीएमले २५० सीसी सेग्मेन्टमा ड्यूकको एबीएस भर्सन सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले जनवरी २०१९ मा यसलाई भारतीय बजारमा उतार्ने अनुमान गरिएको छ । २५० ड्यूकमा कम्पनीले डुअल च्यानल एबीएस अफर गरेको छ ।
यस मोटरसाइकलको फ्रन्टमा यूएसडी फर्क र रियरमा मोनोशक यूनिट दिएको छ । यसको दुवै इन्डमा डिस्क ब्रेक उपलब्ध रहेको छ । यस मोटरसाइकलको उचाई ८३० एमएम छ भने तौल १६१ किलोग्राम रहेको छ ।
कम्पनीले ड्यूक २५० मा कुनै पनि कस्मेटिक र मेकानीकल परिवर्तन गरेको छैन । यसमा २४९ सीसी, लिक्वीड-कुल्ड, सिंगल सिलिन्डर इन्जिन दिइएको छ । जसले ३० पीएस पावर र २४ एनएम टर्क उत्पादन गर्छ । यसमा ६–स्पीड गियरबक्स जडान गरिएको छ ।
अहिले नेपाली बजारमा ड्यूक २५०को मूल्य ५ लाख ९० हजार रुपैयाँ रहेको छ । तर, डियुल च्यानल एबीएसमा आउँदा मूल्यमा भने बढोत्तरी हुनेछ । बजारमा यो बाइक भारतमा सार्वजनिक भएको केही महिनापछि आउने अनुमान गरिएको छ ।

