टेस्टिङको क्रममा देखियो नयाँ डोमिनार, २०१९ को सुरुवातमै सार्वजनिक हुने

काठमाडौं । बजाज डोमिनार भारतीय सडकमा टेस्टिङको क्रममा देखिएको छ । यस अघि स्र्पोटी बाइकको रुपमा बजारमा रहेको बाइक अब क्रुज अवतारमा आएको छ । भारतको पुने सडकमा टेस्टिङको क्रममा उक्त बाइक देखिएको भारतीय मिडियाले जनाएको छ । 

बजाज डोमिनार अहिले बजारमा स्पोर्टस टुअर मोडलमा उपलब्ध रहेको छ । नयाँ डोमिनारमा पुरानै इन्जिन ३७३।३ सीसीको सिङ्गल सिलिन्डर रहने छ ।  

यो बाइकको इन्जिनले ३५ पीएस पावर र ३५ एनएम टर्क उत्पादन गर्छ । ६ स्पिड म्यानुल गियर रहेको यस बाइकमा डुअल चेन एबीएस फिचरसमेत उपलब्ध हुने छ । कम्पनीले २०१९ को सुरुवातमा ल्याउने तयारी गरेको छ । 


Back_to_top