भियतनाम स्थित साइगोन म्याक्स स्पीड वर्कशपले यामाहाको चर्चित मोटरसाइकल वाइजेडएफ आर–१५ भी ३.०लाई अपग्रेड गरेको छ ।
कम्पनीले यस मोडलाई परिमार्जन गर्र्दै मोटोजिपी स्टाइल वाइन्ड स्क्रृन, एक्रोपोभिक एक्सजस्ट सिस्टम, एडजस्टेबल ब्रेक, क्लच लिभर तथा एरोडायनामिक विंगलेट्सलगायतका बिशेषता थप गरेको हो ।
मोटोजिपी स्टाइलको वाइन्ड स्क्रृन र विंगलेट्सले मोटरसाइकललाई थप आकर्षक तथा स्पोर्टी लुक दिएको छ । मोटसाइकलमा स्टाइललिस्ट एलइडी हेडलाइट, टल वाइन्डस्क्रृन, विन्ड डिफ्लेक्टर लगायत फिचर थप गरिएको छ ।
यसमा उपलब्ध मोटोजिपी स्टाइल विन्डस्क्रृनले तिव्र वेगमा हावा चलेको समयमा सुरक्षा प्रदान गर्ने जनाएको छ । साथै, पुरानो मोडलमा उपलब्ध रियर भ्यु मिररलाई क्लिप अन ह्यान्डबारले विस्थापन गरिएको छ । साथै, डिजाइनरले मोटरसाइकलको फ्युल ट्यांकीमा समेत नयाँ ग्रिप दिएको छ ।
यसमा उपलब्ध १५५ सीसी लिक्वीड कुल्ड सिंगल सिलिन्डर इन्जिनले १० हजार आरपीएममा १९.३ पिएस पावरका साथै १४.७ एनएम टर्क उत्पादन गर्छ । ६ स्पिड गियरबक्स दिइएको बाइकमा भेरिएबल भल्भ एक्ट्युएशन (भिभिए) प्रधिवीको प्रयोग गरिएको कम्पनीले जनाएको छ ।
वाइजेडएफ आर–१५ भी ३.०मा रेगुलर मोडलको फ्रन्ट साइडमा जस्तै अपसाइड डाउन टेलिस्कोपिक फर्क लगाईएको छ भने, रियरमा मनोशक दिइएको छ । विभिन्न विशेषतासहित परिमार्जन गरिएको यो बाइक निकै आकर्षक तथा स्पोर्टी देखिएको छ ।


