प्राविधिको विकास तथा विस्तारको प्रत्यक्ष प्रभाव अटोमोबाइल्स क्षेत्रमा सहजै देख्न सकिन्छ । नयाँ प्रविधिको प्रयोगमार्फत् अत्याधुनिक, लक्जरियस तथा सुरक्षित कार निर्माण गर्न अटो उत्पादक कम्पनीबीच प्रतिस्पर्धा नै चलेको छ ।
यसैबीच कोरियाली अटो कम्पनी हुन्डाई मोटर्सले सुरक्षा फिचरअन्तर्गत कारमा ड्राइभर फिङ्गर–प्रिन्टको सुविधा जडान गरेको छ । फिङ्गर–प्रिन्टमार्फत् कार–स्टार्ट र अनलक हुने गर्छ ।
कम्पनीले उक्त प्रणालीयुक्त ‘सेन्ता–फे’ एसयूभी बजारमा ल्याउने तयारी गरिरहेको छ । कम्पनीले यो मोडललाई चीनमा सार्वजनिक गर्ने योजना बनाएको छ । यो कारको डोर–ह्यान्डल र इङ्गिसन–बटनमा फिगर–प्रिन्ट स्क्रानर लगाइएको कम्पनीले जनाएको छ ।
ड्राइभरको अलवा अन्य प्रयोगकर्ताको स्याम्पल कारमा रजिस्टार्ड गर्न सकिने कम्पनीले जनाएको छ । कार चालक वा अन्य प्रयोगकर्ताले कारलाई अनलक गरेसँगै फिङ्गर–प्रिन्ट स्क्रानरले डाटालाई कारसम्म पठाउने गर्छ ।
कारमात्रै नभई कारको सिट–पोजिशन र रियर–भ्यू मिररसमेत प्रयोगकर्तालाई पहिचान गर्न सक्ने गरी निर्माण गरिएको छ । साथै, सेन्टा–फेमा हाइटेक फिचर दिइएको छ ।
यसमा, भाइरस रिकोनाइजेशन र वायरलेस फोन–चार्जरको विशेषता उपलब्ध छ । यो प्रणाली अवलम्बन गर्ने हुन्डाई पहिलो कम्पनी भने होइन । यसको अलवा टेस्लाको थ्री–एस मोडलमा पनि उक्त फिचरको प्रयोग गरिएको छ । जसमार्फत् प्रयोगकर्ताले स्मार्ट–फोनमा उपलब्ध फिङ्गर–प्रिन्ट स्क्यानरको प्रयोग गरी कार स्टार्ट गर्न सक्छन् ।
यसरी गर्छ, यो प्रविधिले काम ?
फिङ्गर–प्रिन्ट स्क्यानरले यूजरको औँलामा बनेको युनिक रिज र भ्यालीको विश्लेषण गर्ने गर्छ । त्यसपछि, फिङ्गर फ्रिन्टमा उपलब्ध सेमि–कन्डक्टर चिपमा लगाइएको सेन्सरले यूजरको औँलालाई अध्ययन गर्छ ।
फिङ्गर–प्रिन्टबाट डाटा लिएपछि डिभाइसले पुरानो स्याम्पलबीच तुलनात्मक अध्ययन गर्छ । त्यसपछिमात्रै कार अन्–लक वा स्टार्ट हुने गर्छ ।
हुन्डाई कम्पनीले कारमा फिङ्गर–प्रिन्ट प्रणाली लगाउनु निकै चुनौतिपूर्ण भएको बताउँदै जुनसुकै मौसममा उक्त प्रविधि प्रयोग गर्न सकिने जनाएको छ । साथै, यस प्रविधिलाई प्यारेन्टल कन्ट्रोल तथा नेभिगेसन डिभाइसको रुपमा पनि प्रयोग गर्न सकिन्छ ।


