‘बक्सी डिजाइन’मा आउँदै किया क्लाभिस

काठमाडौं । भारतमा एसयूभी सेग्मेन्टमा राम्रो बिक्री गरिरहेको किया मोटर्सले कम्प्याक्ट एसयूभी सेल्टोस तथा सब कम्प्याक्ट एसयूभी सोनेटको बीचमा रहने गरी नयाँ एसयूभी ल्याउने भएको छ । कम्पनीले ल्याउने नयाँ एसयूभी सुजुकी जिम्नी जस्तै बक्सी डिजाइनमा हुनेछ ।

साइजको हिसाबले सोनेटकै हाराहारी (४ मिटर) को हुने क्लाभिस एसयूभी अहिले भारतका विभिन्न सडकमा परीक्षण भइरहेको छ । कियाले सन् २०२५ को सुरुवातमै यसलाई बजारमा उतार्ने अनुमान गरिएको छ ।

मिडियाहरुमा आएको स्पाई इमेज अनुसार क्लाभिस बक्सी डिजाइनमा देखिन्छ । यसको पछाडिको भाग भने धेरै हदसम्म सोनेटबाट प्रभावित छ । फ्रन्ट भने कारेन्सबाट प्रभावित हो कि जस्तो लाग्छ ।

यसको फ्रन्टमा नयाँ डिजाइनको हेडल्याम्प, भर्टिकल एलइडी डीआरएल दिइएको देखिन्छ भने रियरको बम्परमा एलइडी टेलल्याम्प, ठूलो साइजको विण्डस्कृन तथा फ्ल्याट टेलगेट भएको देखिन्छ ।

यसको इन्टेरियरमा मल्टीफङ्सनल टु स्पोकको युनिक डिजाइनमा तयार भएको फ्ल्याट बटम स्टेरिङ ह्वील रहेको देखिन्छ । इन्फोटेन्मेन्ट र ड्राइभर डिस्प्लेका लागि टुइन स्कृन, फिजिकल कन्ट्रोल बटनहरु ड्यासबोर्डमा देखिन्छ ।

किया क्लाभिसमा सोनेटमै प्रयोग भएको इन्जिन रहेने सम्भावना धेरै छ । यसमा १.२ लिटरका पेट्रोल, १.० लिटरको टर्बो पेट्रोल तथा १.५ लिटरको डिजेल इन्जिन अप्सन रहनेछ । यी सबै इन्जिनसँग म्यानुअल तथा अटोमेटीक गियरबक्स पाउन सकिन्छ ।

कियाले क्लाभिसलाई ईभीमा ल्याउँछ वा ल्याउँदैन एकिन साथ जानकारी दिएको छैन । तर, बढ्दो ईभीको चर्चा र स्टेरिङ लगायतको डिजाइन देख्दा चाँडै इलेक्ट्रीक मोडलमा पनि क्लाभिस आउन सक्ने देखिन्छ ।


Back_to_top