काठमाडौं । अन्तर्राष्ट्रिय मोटरसाइकल फेडेरेसन (फिम) एसिया रेस अफिसियल तथा मार्सल तालिम सम्पन्न भएके छ । फिमका प्रशिक्षकहरु र ११० जना सहभागी भएको उक्त तालिम भदौ २८ र २९ गते काठमाडौंमा सम्पन्न भएको हो ।
यो तालिम नेपाल अटोमोबाइल्स एसोसिएसन र यसका मोटरसाइकल तथा टेनिङ्ग कमिसनको संयोजन, फिम एसियको सहयोग तथा माटोभर्स स्पोर्टस् क्लबको व्यवस्थापनमा भएको हो ।
यस तालिममा मोटो जीपी तथा अन्य अन्तर्राष्ट्रिय मोटरसाइकल स्पोर्टमा अफिसियल भएका प्रशिक्षकले सकभागीलाई रेस संचालन, व्यवस्थापन तथा मार्सलिङ्गको तालिम दिएका थिए ।
आगामी वर्षको लागि पनि रेसिङ्ग, टुरिङ्ग तथा ट्रेनिङ्ग लगायतका कार्य गर्ने आयोजकले प्रतिबद्धता जनाएको छ भने अन्तर्राष्ट्रिय एक्पोजर बढाउन कार्यरत रहने प्रशिक्षहरुले साथ दिने घोषणा गरेका छन् ।

