ई-स्टपमा डाँफे इलेक्ट्रीक भ्यान ३ महिनासम्म निःशुल्क चार्ज गर्न पाइने

काठमाडौं । दिगो ग्रुप अन्तर्गत ई–स्टपले दिगो डाँफे इलेक्ट्रीक भ्यानका ग्राहकका लागि रोमाञ्चक नयाँ अफर ल्याएको छ।

ई–स्टपले असोजदेखि मङ्गसिरसम्म (तीन महिना)  दिगो डाँफेको ग्राहकलाई दैनिक एकतर्फी निःशुल्क चार्जिङ्ग सेवा प्रदान गर्ने घोषणा गरेको छ।

यो अफर रामटार, मूलकोट र कुरीन्टारमा फैलिएका ई–स्टपमा उपलब्ध हुनेछ । यो सुविधा दिगो डाँफेको ग्राहकका लागि मात्रै लागू हुनेछ ।

यो विशेष अफरको उद्देश्य वातावरण संरक्षण र ई मोबिलिटीमा सवार हुनुको फाइदाहरूलाई जनमानसमा प्रचार गर्नु रहेको कम्पनीले जनाएको छ  ।

दिगो ग्रुपका संस्थापक राजन रायमाझी आफ्ना ग्राहकलाई थप प्रोत्साहित गर्न यो अफर ल्याइएको बताए । ‘हामीले हाम्रो ग्राहकहरुलाई थप प्रोत्साहित गर्न र ग्राहकहरूको अनुभवलाई सजिलो बनाउने काममा प्रतिबद्ध छौं। यो अफरले हाम्रो दिगो लक्ष्यलाई साथ दिएको छ । ग्राहकहरूलाई ई–मोबिलिटीलाई रोज्न उत्प्रेरित गर्नेछ,’ उनले भने ।

दिगो ग्रुपले नेपालमा ११ सिटे भ्यानदेखि ३० सिटे बससम्मका विद्युतिय सवारीसाधनको बिक्री वितरण, र सेवा प्रदान गर्दै आएको छ।


Back_to_top