काठमाडौं । सीएफ मोटो तथा जीहो इलेक्ट्रीकले चाडपर्व अफर सार्वजनिक गरेको छ । नेपालका लागि सीएफ मोटो र जीहो ब्रान्डको आधिकारिक वितरक रिलायन्स ग्रुप अन्तर्गतको ऋषि ट्रेड सेन्टरले दुवै ब्रान्डका लागि चाडपर्व अफर सार्वजनिक गरेको हो ।
कम्पनीले जीहोका स्कुटर तथा सीएफ मोटो मोटरसाइकलमा नगद छुट तथा विभिन्न एसेसरिज पाइने अफर ल्याएको हो ।
सीएफमोटोका २५० एनके र ३०० एनके मोडलका बाइक किन्दा १८ हजार मूल्य बराबरको फ्रि एसेसरिज पाउन सकिने छ । त्यसैगरी हालै नेपाली बजारमा भित्रिएको ४५० एमटी बाइक किन्दा एलएस २ हेलमेट पाउन सकिने छ ।
जिहो ब्रान्डको एई ६ प्लस इलेक्ट्रिक स्कुटर किन्दा २५ हजार रुपैयाँ मूल्यको लगेज बक्स लिन वा सिधै २० हजार रुपैयाँ छुट लिन सकिने कम्पनीले जनाएको छ ।
त्यसैगरी, एई ४ मा १५ हजार र एई ८ मा १० हजार रुपैयाँ नगद छुट पाउन सकिने छ ।
फेस्टिभ अफरमा ग्राहकले आफ्ना पुराना मोटरसाइकल तथा स्कुटरहरू दिएर जीहो तथा सीएफ मोटोको मोटरसाइकल तथा स्कुटर साट्न सक्नेछन् । यसका लागि सहज फाइनान्स तथा एक्सचेन्ज सुविधा समेत उपलब्ध भएको कम्पनीको भनाइ छ ।
यो अफर असोज १ देखि लागू भएर आगामी कात्तिक २५ गते सम्म उपलब्ध हुने कम्पनीले जनाएको छ । ऋषि ट्रेड सेन्टरका काठमाडौं उपत्यकामा रहेका नक्साल, झम्सिखेल र सल्लाघारी तथा उपत्यका वाहिर हेटौंडा र त्रिशुली बट्टारस्थित शोरुमहरूमा यो अफर उपलब्ध हुनेछ ।


