काठमाडौं । दीपल गाडीको आधिकारीक बिक्रेता एमएडब्लू वृद्धि मोटोकर्पले काठमाडौंमा एक्सचेन्ज कार्निभल लगाइरहेको छ । कम्पनीले जुनसुकै ब्राण्डका पुराना गाडी ल्याएर नयाँ गाडीसँग एक्सचेन्ज गर्न सक्ने सुविधासहित कार्निभल आयोजना गरेको हो ।
हिजो झण्डै ७० यूनिट गाडीले आएर मूल्याङ्कन गराएको कम्पनीले जनाएको छ । आज पनि दिउँसोसम्ममा झण्डै ४० वटा पुराना गाडीहरु आएको र भ्यालूएसन गराएको त्यहाँ रहेका रिकन्डिसन हाउसका प्रतिनिधिले जानकारी दिए ।

दीपल एक्सचेन्ज कार्निभलमा एस-०७ क्रसओभर एसयूभी ७१ लाख ९९ हजार रुपैयाँमा नै खरिद गर्न सक्नेछन् । पुराना गाडीको मूल्याङ्कनको लागि ६ रिकन्डिसन हाउसहरु रहेका छन् ।
गैह्रीधार नजिकै रहेको रिल्भर ओकमा चलिरहेको एक्सचेन्ज कार्निभलमा गाडी साट्टापट्टा एक्सचेन्ज बोनस, अनस्पट फाइनान्स र अन स्पट डेलिभरी सुविधा उपलब्ध गराएको छ ।
एक्सचेन्ज कार्निभल भोलि असोज ३ गते बिहिबारसम्म चल्नेछ ।


