काठमाडौं । बजाजको नेपालका लागि आधिकारिक वितरक हशंराज हुलासचन्द एण्ड कम्पनीले बजाजका मोटरसाइकलमा ‘नेशनल फ्री चेकअप क्याम्प’ आयोजना गरेको छ ।
कम्पनीले दशैंको विशेष अवसरमा आज (असोज ६ गते)देखि ११ गतेसम्मका लागि फ्री चेकअप क्याम्प संचालन गरेको हो ।
‘यो चाडपर्वमा तपाईको बाइकलाई स्वस्थ राख्नुहोस् बजाजको आधिकारिक सर्भिस सेन्टरमा गई निःशुल्क सर्भिस चेकअप गर्नुहोस’ मूल नारा सहित ग्राहकलाई सुविधा दिने उद्देश्यले उक्त क्याम्प आयोजना गरिएको कम्पनीले जनाएको छ ।
यस योजना अन्तर्गत ग्राहकले बजाजका मोटरसाइकल सर्भिसिङ गराउँदा स्पेयर पार्टस्मा १० प्रतिशत छुट्, इन्जिन आयलमा २५ प्रतिशत छुट र सर्भिसिङ लेबर चार्जमा ५० प्रतिशतसम्मको छुट पाउने छन् ।
साथै, बजाजको देशभरका हरेक आधिकारिक सर्भिस सेन्टरबाट प्रत्येक दिन एक भाग्यशाली ग्राहकले ट्यांक हेल्मेट समेत पाउने छन् ।

