आयो १० मिनेटमै फुल चार्ज हुने ब्याट्री

काठमाडौं । चिनियाँ अटोमोबाइल कम्पनी एसएआइसी, अमेरिकी अटोमोबाइल कम्पनी जनरल मोटर्स र विश्वको सबैभन्दा ठूलो हाइभोल्टेज ब्याट्री उत्पादक कम्पनी सीएटीएलले संयुक्त रुपमा ‘सिक्स-सी’ चार्जिङ सपोर्ट गर्ने एलएफपी ब्याट्री बनाएका छन् ।

तीन कम्पनीले बनाएको यो नयाँ लिथियम आइरन फस्फेट ब्याट्री सिक्स-सी चार्जिङबाट जम्मा ५ मिनेटमै २०० किलोमिटरको रेन्ज पाउन सकिनेछ ।

ब्याट्री चार्जिङमा अंग्रेजी अक्षर ‘C’ ले चार्जिङ मल्टिप्लायरलाई बुझाउछ । यो ब्याट्री ६० मिनेटको ६ भागको १ भाग समय अर्थात सैद्धान्तिक रुपमा जम्मा १० मिनेटमै फुल चार्ज हुनेछ ।

आगामी वर्षबाट प्रयोगमा आउने यो ब्याट्री अल्टियमको क्वासी ९०० हाइ भोल्ट ब्याट्री आर्किटेक्चरमा बनेको कम्पनीले जनाएको छ । अल्टियम सन् २०२० मा घोषणा भएको जनरल मोटर्सको नेक्ट जेनेरेशन ईभी हो । सीक्स सी फास्ट चार्जिङ टेक्नलोजीमा इलेक्ट्रोमेकानिकल रियाक्सनमा सुधार गरि, चार्जिङ इफिसियन्सी बढाउँदै ब्याट्रीको स्टेबल प्रफर्मेन्सलाई ग्यारेन्टी गरिएको हुन्छ ।

चीनमा हालसम्म ५.५ सी सम्मको चार्जिङ स्पीड भएको ब्याट्रीको सफल परीक्षण भएको छ । जिकरले लन्च गरेको २०२५ जिकर ००७ सेडानले अहिलेसम्म सबैभन्दा छिटो चार्ज हुने रेकर्ड बनाएको छ । जिकरले प्रयोग गरेको सेकेन्ड जेनेरेसन गोल्डेन ब्याट्रीले ५.५ सी सपोर्ट गर्छ । यो ब्याट्री जम्मा १०.५ मिनेटमै १० बाट ८० प्रतिशत सम्म चार्ज भएको थियो । यो चार्जबाट ४८२ किलोमिटरको सीएलटीसी रेन्ज बढेको हो ।

त्यस्तै, ली अटोले आफ्नो ली मेगा एमपीभीमा ५ सी ब्याट्रीको प्रयोग गरेको हो । ली मोटरको ली मेगामा जम्मा १२ मिनेटको चार्जमा ५०० किलोमिटर सम्मको रेन्ज पाउन सकिन्छ ।


Back_to_top