कियाको पीभी-५, आवश्यकता अनुसार ‘बडी स्वाप’ गर्न सकिने

काठमाडौं । किया मोटर्स कोरियाले स्वापएबल अपर बडी मोडुल भएको पीभी-५ लाइट कमर्शियल भ्यानको कन्सेप्ट देखाएको छ ।

लाइट कमर्शियल र प्यासेन्जर भ्यानको रूपमा प्रयोग गर्न सकिने यो भेहिकल आगामी वर्षको सुरूआतमा लन्च हुने अनुमान गरिएको छ ।

किया पीभी-५ बेसक भ्यान, हाइरुफ तथा क्लासिक क्याब बडी स्टाइलमा आउनेछ । यसको अपर बडी मोडुललाई ग्राहकको आवश्यकता अनुसार परिवर्तन गर्न सकिन्छ ।

बक्सी डिजाइनमा रहेको यो ईभीमा युनिक स्टाइल फिचर पाउन सकिन्छ । यसमा लार्ज ग्रीनहाउस, ग्लसी ब्ल्याक प्यानल, बाक्लो प्लास्टिकको क्लाइडिङ, स्लीम एलईडी हेडलाइटको साथमा फोरस्पोक ह्वील रहेको छ । यसको प्यासेन्जर भर्सनमा साइड विण्डोहरू रेगुलर स्लाइड गर्ने किसिमको रहेको छ ।


कियाको यो भेहिकल इलेक्ट्रीक कम्प्लीट च्यासिस प्ल्याटफर्म मोडल (ई सीसीपीएम) आर्किटेक्चरमा बन्नेछ । इलेक्ट्रीक पावरट्रेन हुने यो भेहिकलको कम्पनीले ब्याट्रीप्याक र इलेक्ट्रीक मोटरको बारेमा केही जानकारी दिएको छैन ।


Back_to_top