काठमाडौं । सीजी मोटर्सको आधिकारिक वितरक, फ्युचर मोटर्सको ‘फ्यूचर ईभी कार्निभल’ सुरू भएको छ । विद्युतीय सवारी (ईभी)को बढ्दो माग र ग्राहकको अपेक्षालाई मध्येनजर गर्दै कम्पनीले ईभी कार्निभल सुरू गरेको हो ।
असोज ९ गतेदेखि भक्तपुरको राधेराधेस्थित हेरीटेज पार्टी प्यालेसमा सुरू भएको कार्निभल १२ गतेसम्म संचालन हुनेछ । कार्निभल हरेक दिन बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ ।
उक्त कार्निभलमा रिडारा, नेटा, जीएसी, किङ्गलङ्ग र सीजी केवाइसीका ईभीहरू प्रदर्शनीमा राखिएको छ ।
कार्निभलमा ग्राहकले विभिन्न सवारी साधनलाई ‘टच एण्ड फिल’ गर्न पाउनेछन्। साथै, कुनै पनि सवारी साधन खरिद गर्न चाहने ग्राहकका लागि अन द स्पट फाइनान्सिङ्ग, एक्सचेञ्ज अफर, विशेष डिस्काउण्ट र भ्यालुएशनको सुविधाहरू उपलब्ध गराइएको छ ।
कार्निभलमा विभिन्न खेल, लाइभ प्रदर्शन, खाना र पेयपदार्थका स्टलहरू पनि राखिएको छ ।
सीजी मोटर्सले नेपाली बजारमा अभतार, रिड्डारा, नेटा, जीएसी, किङ्गलङ्ग, सीजी केवाइसी, दायुन, र स्मार्ट ब्राण्डका ईभी बिक्री गर्दै आएको छ ।

