हुन्डाई र कियाका कारमा सामसुङको ‘एसडीभी’

काठमाडौं । कोरियन अटोमोवाइल जाइन्ट हुन्डाई मोटर्स ग्रुपले अर्को कोरियन टेक जाइन्ट सामसुङसँग सफ्टवयर डिफाइन भेहिकल (एसडीभी) विकासमा सहकार्य गर्ने भएको छ । यी दुई कम्पनीको सहकार्यले हुन्डाई र कियाले उत्पादन गर्ने नयाँ भेहिकलको मोविलिटी सर्भिस ईकोसिस्टम निर्माण गर्न सहयोग गर्ने बताइएको छ ।

हुन्डाई र कियाले ‘नेक्सट जेनेरेसन इन्फोटेन्टमेन्ट सिस्टम र ओपन मोविलिटी ईको सिस्टम निर्माणको लागि ग्लोवल सफ्टवयर सेन्टर बनाएर काम गर्दै आएको छ । कम्पनीले नयाँ इन्फोटेन्टमेन्ट सिस्टम २०२६ मा बजारमा ल्याउने जनाएको छ । त्यसलाई थप परिस्कृत बनाउँदै स्मार्टफोनमा जोड्न सामसुङले सहयोग गर्नेछ ।

नयाँ सम्झौंतापछि हुन्डाई मोटर्स ग्रुप एभीपी डिभिजनका प्रसिडेन्ट तथा प्रमुख चाङ सङले भने, ‘हामी हुन्डाई र किया कारका ग्राहकलाई एक अलगै किसिमको अनुभव दिन चाहन्छौं । त्यसैले सबै किसिमको सेवाहरु स्मार्टफोनमै जोड्ने हाम्रो योजना हो ।’

सामसुङको स्मार्ट थिङ्स प्लेटफर्ममा जेडेर ग्राहकलाई सेवा प्रदान गर्ने लक्ष्यसहित दुई कोरियन कम्पनी बीच सहकार्य भएको सामसुङ इलेक्ट्रोनिक्सले जनाएको छ ।

सामसुङको स्मार्ट थिङ्स सफ्टवयरले ग्लोवल भेहिकल लोकेशन ट्रयाकिङको काम गर्छ ।


Back_to_top