फ्रेन्च निर्माताको नयाँ कार तीन मोटर अप्सनमा आउने

काठमाडौं । फ्रेन्च कार निर्माता रेनोले आफ्नो नयाँ मोडल ‘रेनो-४’लाई तीन मोटर अप्सनमा ल्याउने भएको छ । कम्पनीले दुई ब्याट्री अप्सनमा ल्याउन लागेको रेनो-४ मा ७०, ९० र ११० किलोवाट क्षमताको मोटरमा आउने भएको हो ।

नयाँ इलेक्ट्रीक एसयूभी रेनो-५ को टिजर सार्वजनिक गर्दै कम्पनीले आफ्नो नयाँ मोडल अक्टोबर १४ बाट सुरु हुने पेरिश मोटर शोमा देखाउन तयार रहेको सन्देश दिएको हो ।

फ्रेन्च निर्माताले नयाँ इलेक्ट्रीक मोडलको नाम र डिजाइन क्लासिक रेनोबाट लिएको देखिन्छ । टिजरमा देखिए अनुसार क्लासिक रेनोको जस्तै रेक्ट्रयाङगुलर सेपको इलुमीनेटेड ग्रिल र लोगो यसमा प्रयोग भएको छ ।

नयाँ रेनो-४ मा तीन पार्ट सेग्मेन्टेड टेल लाइट र ट्रापेजोडियल रियर क्वाटर विण्डो दिएको देखिन्छ । रेनोले क्लासिक रेनोमा जस्तै यसमा पनि तीनवटा डायगनल स्ट्रीप दिएको छ । यो ईभीमा क्यानभास रुफ, रुफ स्पोइलर तथा व्ल्याक प्लास्टीक ह्वील आर्क प्रयोग भएको छ ।

रेनो-४को लम्बाई ४१४० एमएम हुने छ । यसलाई फोर ह्वील ड्राइभ तथा सिंगल मोटर ड्राइभ दुबै अप्सनमा आउने छ ।


Back_to_top