डोङफेङको अर्को ब्राण्ड ‘फरथीङ’ नेपाल आउँदै

काठमाडौं । एकपछि अर्को नयाँ ब्राण्डको विद्युतीय कार नेपाल आउने क्रमले निरन्तरता पाइरहँदा डोङफेङको अर्को ब्राण्ड ‘फरथीङ’ नेपाल आउने भएको छ । लक्ष्मी ई-मोविलिटीले नेपाल ल्याउन लागेको फरथीङ ब्राण्डको इलेक्ट्रीक कारहरु नेपाल आउने भएको हो ।

कम्पनी स्रोतले नयाँ डोङफेङ फरथीङ ब्राण्ड आउन लागेको जानकारी दिएपनि कुन–कुन मोडल नेपाल आउने भन्ने विषयमा जानकारी दिएको छैन ।

‘अहिले बजारको माग नै एसयूभी हो । एसयूभी नल्याएसम्म उपभोक्ताको रोजाई पुरा गर्न कठिन हुन्छ । त्यसैले सम्भबत एसयूभी नै आउँछ होला’, कम्पनी स्रोतले मेरोअटोसँग भन्यो ।

फरथीङको वेभसाइटमा हेर्दा फ्राइडे (एसएक्स५जी ईभी) नामको एसयूभी भेट्न सकिन्छ । जसलाई कम्पनीले यूरोपियन बजारमा समेत बिक्री सुरु गर्न लागेको उल्लेख छ ।

एसएक्स-५जी मोडलको लम्बाई ४६०० एमएम, चौडाई १८६० एमएम र उचाई १६८० एमएम रहेको छ । यसमा २७१५ एमएम लामो ह्वीलवेस पाउन सकिन्छ । अधिकतम स्पीड १८० किलोमिटर प्रतिघन्टा रहेको एसयूभीमा टर्नरी लिथियम ब्याट्री दिइएको छ । ब्याट्रीको साइज भने ५७.५ र ८५.९ किलोवाट आवर उल्लेख छ । नेपाल कुन ब्याट्रीमा आउँछ अहिल्यै एकिन साथ भन्न सकिदैन ।

कम्पनीले यसमा मोटर पनि दुई साइजमा दिएको छ । इन्ट्री भेरियन्टमा ८० किलोवाट र टप भेरियन्टमा १५० किलोवाटको मोटर छ । तर, टर्क भने दुबै भेरियन्टमा समान ३४० एनएम छ ।

पानारोमिक सनरुफ उपलब्ध कारमा १९ इन्चको स्पोर्टस् टायर दिइएको छ । इन्टेलिजेन्ट ४.० फ्यूचर लिङ्क टेक्नोलोजी प्रयोग भएको कारमा १०.२५ इन्चका दुई स्कृन उपलब्ध छन् । ३६० डिग्री क्यामेरा, लेदर सिट, क्रिस्टल गियरनव यसमा पाउन सकिन्छ ।


Back_to_top