काठमाडौं । प्रिमियम फिचरले भरीपूर्ण पीकअपको मूल्य ६५ लाख रुपैयाँ, त्यसमा पनि इलेक्ट्रीक मोडल भनेपछि यसले बजारमा हलचल ल्याउने नै भयो । सीजी मोटर्सले नेपाल ल्याएको जिली होल्डीङको रेडारा आरडी-६ पीकअपले बजारमा प्रबेश गर्ने वित्तिकै निकै राम्रो ब्यापार गर्न सफल भएको छ ।
चिनियाँ अटोमोवाइल जाइन्ट जिलीले प्रिमियम एसयूभीमा समावेस फिचर यसमा दिएर ल्याएको छ । फिचर र मूल्यमा तालमेल भएकै कारण धेरै मानिसले यसलाई मन पराएका हुन् । सीजीले पहिलो लटमा ल्याएको ४५ यूनिट पीकअप लगभग बिक्री पुरा भएको जनाएको छ । यहि बिक्रीले यसको डिमान्डलाई झल्काउँछ ।
बढ्दो विद्युतीय कारको प्रयोगसँगै पीकअप सेग्मेन्टमा आएको रेडारा भोलिको दिनमा टोयोटा हाइलक्सदेखि महिन्द्रा स्कर्पियो र बोलेरो जस्ता पीकअपको विकल्प बन्छ वा बन्दैन अहिल्यै भन्न सकिने अवस्था छैन । तर, यसको डिजाइन र पावरले भने अहिल्यै प्रतिस्पर्धा गर्न सक्छ ।
पीकअपहरु ‘बडी अन फ्रेम’ विधिमा बन्छन्, तर जिलीले यसलाई मानोकर्क विधिमा तयार पारेको हो । यसमा ६३ किलोवाट आवरको लिथियम आयोन फस्फेट ब्याट्री दिइएको छ । रियर ह्वील ड्राइभ २०० किलोवाटको इलेक्ट्रीक मोटर छ । यसको पीकटर्क भने ३८४ एनएम छ । एनइडीसीले यसको अधिकतम रेन्ज ३७७ किलोमिटर प्रमाणित गरेपनि सडकमा ३०० किलोमिटर आसपास पाउन सकिन्छ ।

रेडारा आरडी-६ मा एलइडी डीआरएल, प्रोजेक्टर हेडल्याम्प र ठूलो एयरड्यामसँगै माथि उठेको अगाडिको भागले बल्की एसयूभीको फिल दिन्छ । तर, अहिले ‘टु ह्वील ड्राइभ भर्सन’मा मात्रै नेपाली बजारमा उपलब्ध भएका कारण वास्तविक अफरोडमा लान केही कठिनाई नै हुन्छ । सीजी मोटर्सका अनुसार चाँडै यसको फोर ह्वील ड्राइभ भर्सन पनि आउने छ ।
‘जिलीको मल्टीप्लेक्स अट्याच प्लेटफर्म’मा बन्नेको पीकअपमा जीवीटी चार्जिङ पोर्ट छ । सीजीको जीवीटी चार्जर नेटवर्क बलियो भएको कारण यसमा पनि जीवीटी पोर्ट दिइएको भनाई छ ।

तीन ड्राइभिङ मोड कम्फर्ट, ईको र स्पोर्टस् मोड दिइएको पीकअपमा सुरक्षाको लागि रिभर्स क्यामेरा, सेन्सरसहितको आधुनिक फिचरहरु छन् । यात्रा गर्दा मनोरन्ज र सुचना दुबै पाउन सकियोस् भनेर १०.२५ इन्चको इन्फर्मेशन डिस्प्ले र १२.३ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम दिइएको छ ।
रेडारा पीकअपको पेलोड क्यापासिटी ७७५ केजी र टोइङमा २५०० केजी छ । यो पीकअप ८१५ एमएम गहिरो पानीमा गुड्न सक्छ । यसको अधिकतम स्पीड १८५ किलोमिटर प्रतिघन्टा रहेको छ ।

