एकै दिन बीवाइडीको १३२ गाडी डेलिभरी

काठमाडौं । बीवाइडीको आधिकारीक बिक्रेता साइमेक्स इंक र उसको डिलरहरुले घटस्थापनाको दिन १३२ युनिट ईभी डेलिभरी गरेको जनाएको छ । कम्पनीले एक विज्ञप्ती जारी गर्दै एकै दिन यति धेरै गाडी डेलिभरी गरेर महत्वपूर्ण उपलब्धि हासिल गरेको जनाएको हो ।
यसले नेपाली इलेक्ट्रिक मोबिलिटीको क्षेत्रमा बीवाइडीको बढ्दो लहरलाई दर्शाउउने बताउँदै कम्पनीले भनेको छ, अत्याधुनिक प्रविधि, उत्कृष्ट कार्यक्षमता र दिगो मोबिलिटी समाधानका साथ नेपालको इलेक्ट्रीक भेहिकल बजारमा बढ्दो प्रभाव कायम गर्दै बीवाईडीले आफूलाई ईभी बजारको नेतृत्वकर्ता कायम गरेको छ ।
साइमेक्स इंकका नेसनल सेल्स हेड आशुतोष गौतमले भने, ‘एकै दिन, त्यो पनि घटस्थापनाको उपलक्ष्यमा १३२ ईभी डेलिभरी गर्न पाउनु हाम्रो लागि गर्वको दिन हो । यसले बीवाइडीका इलेक्ट्रीक गाडी प्रति ग्राहकको बढ्दो विश्वासलाई प्रतिविम्बित गर्दछ । बेस्ट इन क्लास सर्भिस उपलब्ध गराउने हाम्रो प्रतिबद्धतालाई समेत यसले दर्शाउँछ । यो उपलब्धि नेपालीहरुको अझै सफा र दिगो मोबिलिटी समाधानप्रतिको बढ्दो जागरुकता पनि हो ।’
देशभर बीवाइडीको बजार उपस्थिति तीव्र रुपमा बढिरहेको समयमा यो डेलिभरी भएको हो । पछिल्लो समयमा वीरगन्ज, बनेपा र जनकपुर लगायतका स्थानमा शोरुम विस्तार गरेर बीवाईडी नेपालभर विस्तार भइरहेको छ ।


Back_to_top