बजाजले आफ्नो नयाँ मोडल पल्सर–२२० एबीएस र १८० एबीएस सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले यी दुई मोडललाई कम्पनीले भारतमा रहेको डिलर नेटर्वकमा नयाँ फिचरसहितको बाइक पुर्याएको छ ।
कम्पनीले यी दुई बाइकमा सिंगल च्यानल एबीएस सिस्टम दिएको छ । जुन पल्सर आरएस २०० फ्ल्यागशीपमा दिइएको थियो । यी दुवै बाइकको रियरमा स्ट्यान्डर्ड लिफ्ट अफ प्रोटेक्सनसहित सिंगल च्यानल एबीएस दिइएको छ । त्यस्तै, दुवै बाइकमा २६० एमएमको फ्रन्ट डिस्क ब्रेक प्रयोग भएको छ ।
पल्सर १८० मा कुनैपनि मेकानिकल तथा कस्मेटिक परिवर्तन गरिएको छैन । यसमा १७८.६ सीसी फोर–स्टोर्क एयर कुल्ड इन्जिन दिइएको छ । यसमा लगाइएको इन्जिनले १७ पीएस पावर र १४.२ एनएम टर्क उत्पादन गर्छ ।
त्यस्तै पल्सर २२० एबीएसमा २२० सीसी सिंगल सिलिन्डर डीटीएस–आइ इन्जिन दिइएको छ । जसले २०.९३ पीएस पावर र १८.५५ एनएम टर्क उत्पादन गर्छ । दुवै पावरट्रेनमा फाइभ–स्पीड ट्रान्समिसन दिइएको छ ।
कम्पनीले बजाज भी–१५, पल्सर–१५० र पल्सर एनएस–१६० मा पनि छिटै नै एबीएस राख्ने जनाएको छ ।


