काठमाडौं । चांगान अटोमोबाइल अन्तर्गतको प्रिमियम न्यू इनर्जी भेहिकल ब्रान्ड दीपल अस्ट्रेलियामा बिक्री सुरु भएको छ । कम्पनीले दीपल एस-०७ र एल-०७ मोडलको साथ अष्ट्रेलियन बजारमा बिक्री सुरु गरेको हो ।
कम्पनीले दुई नयाँ मोडल पनि चाँडै बजारमा ल्याउने जनाएको छ । दीपलसँग भावी मोडेल जी३१८ र एस-०५ रहेको छ । चिनियाँ उत्पादकले यसअघि गएको ११ सेप्टेम्बरमा ग्राहक लक्षीत ब्राण्ड कृयाकलापको लागि स्थानिय डिलर इन्चकेपसँग साझेदारी गरेको थियो ।
गत वर्षको नोभेम्बरमा विश्वव्यापी विस्तारको नीतिलाई अवलम्बन गरेको दीपलले दक्षिणपूर्वी एसिया र नेपालदेखि ल्याटिन अमेरिका र मध्यपूर्वमा तीव्र गतिमा आफ्नो उपस्थितिलाई बलियो बनाउँदै लगेको छ ।
केही समयअघि थाइल्यान्ड, नेपाल, मेक्सिकोमा प्रवेश गरेको थाइल्यान्डले त्यहाँको बजारमा राम्रो प्रदर्शन गर्दै आएको छ । मेक्सिकोमा गएको जुलाईमा अल इलेक्ट्रिक र रेन्ज एक्टेन्डेड भर्सनमा दिपल एस०७ सार्वजनिक गरिएको थियो ।
त्यसको केही महिनापछि नेपालमा सार्वजनिक भएको दीपलले नेपाली ईभी बजारमा आफ्नो अलग पहिचान निर्माण गरेको छ ।


