सार्वजनिक भयो पल्सर सिरिजमा नयाँ १२५ सीसीको मोटरसाइकल

काठमाडौं । भारतीय मोटरसाइकल निर्माता कम्पनी बजाज अटोले पल्सर सिरिज अन्तर्गत बजार पल्सर ‘एन-१२५’ मोटरसाइकल सार्वजनिक गरेको छ । बजाजले भारतमा एन १२५ मोटरसाइकल दुई भेरियन्टमा लन्च गरेको हो ।

कम्पनीले ७ कलर अप्सनमा उपलब्ध गराएको एन-१२५ मोटरसाइकलको मूल्य भने सार्वजनिक गरेको छैन । नयाँ पल्सर एन १२५ मा १२४.५९ सीसी क्षमताको सिंगल सिलिन्डर, एयर कूल्ड, बीएस ६ इन्जिन रहेको छ । उक्त इन्जिनले अधिकतम ८ हजार ५०० आरपीएममा १२ पीएस पावर र ७००० आरपीएममा ११ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स दिइएको छ ।

यस मोटरसाइकलको अगाडि कभर सहितको आरएसयु टेलीस्कोपीक फर्क र पछाडि प्रिलोड एड्जस्टेवल मोनोसक सस्पेन्सन सेटअप दिइएको छ । साथै, एन-१२५ मोटरसाइकलको अगाडि डिस्क र पछाडि ड्रम ब्रेक पाउन सकिन्छ ।

बजाजले यसमा १७ इन्चको अलोय ह्वील दिएको छ । नयाँ मोटरसाइकलको तौल १२५ किलोग्राम, सिट हाइट ७९५ एमएम र ग्राउन्ड क्लियरेन्स १९८ एमएम छ ।

पल्सर एन १२५ मा एग्रेसीभ डिजाइन, मस्कुलर ट्यांक, आकर्षक हेडलाइट डिजाइन, स्ट्यान्ड आउट इलेमेन्ट्स र स्प्लीट सिट डिजाइनमा छ । एलइडी लाइट, जेड आकारको एलइडी डीआरएल, एलइडी टेल लाइट, टर्न इन्डिकेटरमा हेलोजन बल्ब लाइट पाउन सकिन्छ ।

चालकको सहजताको लागि मोटरसाइकलमा युएसबी चार्जिङ पोर्ट, अपराइट ह्यान्डलबार, सिंगल पिस पिलियन ग्रयाब रेल, चंकी टायर र ठूलो आकारको डिजिटल एलसीडी स्कृन दिइएको छ । उक्त स्कृनमा ब्लूटुथ कनेक्टिभिटी डिटेल्स, ट्रिप मिटर, स्पीडोमिटर, फ्युल गेज, टेकोमिटर, समय जस्ता सुचनाहरु हेर्न सकिन्छ ।


Back_to_top