यसरी भत्केको छ केरुङबाट रसुवागढी आउने बाटो

काठमाडौं । दशैं अगाडि भएको अविरल वर्षाको कारण चीन र नेपाल जोड्ने रसुवागढी नाका पहिरोको कारण बन्द भयो । पहिरोले बन्द हुँदा दशैंको लागि नेपाल आइरहेका खाद्यन्न, फलफुल, लत्ता कपडादेखि गाडीसम्म सबै रोकिए ।

चीनतर्फ बाटो बिग्रेको कारण नेपाल सवारीसाधन प्रबेश नै गर्न पाएनन् । चीनमा बिग्रेको बाटो करिब १५० मिटर जति मात्रै छ । तर, त्यहाँको स्थानिय सरकारले एक महिना लाग्न सक्ने जानकारी दिएकाे जिल्ला प्रसाशन कार्यालय रसुवाले जनाएको छ ।

‘हामीले छिटो बाटो खोलौं भनेका छौं । विदाको दिन उनिहरुले काम गर्दैनन् । तर, अन्य दिन निर्माणको काम चलिरहेको जानकारी छ । अब चाँडै बाटो खुल्छ भन्ने हाम्रो पनि अपेक्षा हो’, रसुवाको सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी सरस्वती अधिकारीले मेरोअटोसँग भनिन् ।

दशैं अगाडि नै बाटो बन्द हुँदा दशैंको लागि नेपाल ल्याएका भेडा-च्याङ्ग्रादेखि गाडीसम्म चीनतर्फनै रोकिएका छन् । त्यसैले पनि स्थानिय प्रशासनले चिनियाँ पक्षसँग ताकेता गरिरहेको छ ।


Back_to_top