काठमाडौं । विभिन्न रिपोर्टको दावी अनुसार अमेरिकी ब्राण्ड फोर्डले ईको स्पोर्टको नयाँ जेनेरेशन मोडल ल्याउने तयारी थालेको छ । कम्पनीले नयाँ ईको स्पोर्ट मोडल स्पेनको प्लान्टबाट उत्पादन गर्ने भएको हो ।
भारतमा यसअघि उत्पादन भएको ईको स्पोर्टको साइज ४ मिटर थियो । अब आउने नयाँ जेनेरेशन मोडल ४.३ मिटर लामो हुने बताइएको छ । फोर्डले इलेक्ट्रीक भेहिकलको विकासमा ढिलाई गर्ने घोषणा गरेसँगै नयाँ आईस मोडलको रुपमा नयाँ जेनेरेशन इको स्पोर्ट ल्याउने भएको हो ।
फोर्डले सन् २०२५ मा यसलाई लन्च गर्ने अनुमान गरिएको छ । नयाँ जेनेरेशन ईको स्पोर्ट पहिलेको तुलनामा धेरै परिवर्तन हुनेछ । यसमा नयाँ ग्रिल, सार्प एलइडी हेडल्याम्प, एलइडी डीआरएल, नयाँ डिजाइनको फ्रन्ट र रियर बम्पर दिइने छ । साइडमा ड्यूल टोन अलोय ह्वील, बडी कलर डोर ह्याण्डल, रुफरेल तथा नयाँ एक्टेरियर कलर पाउन सकिन्छ ।
नयाँ ईको स्पोर्टको इन्टेरियरमा ठूलो साइजको टचस्कृन डिस्प्ले, डिजिटल इन्ट्रुमेन्ट क्लस्टर, ३६० डिग्री क्यामरा, वायरलेस चार्जर, वायरलेस एन्ड्रोइड अटो र एप्पल कार प्ले, अटोमेटीक क्लाइमेट कन्ट्रोल, पानारोमिक सनरुफ, कनेक्टीभीटी फिचरको साथमा सुरक्षाको लागि एडास फिचरसमेत हुनेछ ।
नेक्स्ट जेनेरेशन इको स्पोर्टमा माइल्ड हाइब्रिड ३ सिलिण्डर १.० लिटर, इकोबुस्टर इन्जिन रहनेछ । फोर्डले नयाँ मोडल इलेक्ट्रीक पावरट्रेनमा समेत ल्याउने अनुमान गर्न सकिन्छ ।
युरोपबाट उत्पादन सुरु हुने नयाँ जेनेरेशन ईको स्पोर्ट भविष्यमा भारतमा समेत उत्पादन हुने सम्भावना रहेको छ ।

