‘आइक्यूब’ स्कुटरको मूल्य १ लाख ३० हजारले घट्यो, यस्तो छ कारण

काठमाडौं । टीभीएसको आधिकारीक बिक्रेता जगदम्बा मोटर्सले एकै पटक १ लाख ३० हजार रुपैयाँले आइक्यूब इलेक्ट्रीक स्कुटरको मूल्य घटाएको छ । कम्पनीले ब्याट्रीको साइज घटाएर ल्याएसँगै मूल्य घटाएको हो ।

बजारमा आएको सस्तो आइक्यूवलाई कम्पनीले वेस भेरियन्ट भनेको छ । यसको मूल्य २ लाख ९९ हजार ९०० रुपैयाँ कायम गरिएको छ ।

कम्पनीले यसअघि ४ लाख २९ हजार ९०० मूल्य तोकेर बिक्री गर्दै आएको आइक्यूबमा ३.४ किलोवाट आवरको ब्याट्री थियो । अहिले कम मूल्यमा आएको भेरियन्टमा भने २.२ किलोवाट आवरको ब्याट्री छ । एक किलोवाट आवर ब्याट्री साइज घट्दा मूल्य १ लाख ३० हजारले कम भएको हो ।

जगदम्बा मोटर्सका अनुसार नयाँ भेरियन्टमा रहेको २.२ किलोवाट ब्याट्रीलाई २ घन्टामा ०-८० प्रतिशतसम्म चार्ज गर्न सकिने छ । यसलाई एकपटक फुलचार्ज गरेर ७५ किलोमिटरसम्म गुडाउन मिल्ने कम्पनीको दावी छ ।

यसमा रहेको ब्याट्रीमा कम्पनीले २ वर्षको वारेन्टी दिएको छ । यस बीचमा ब्याट्रीमा कुनै खराबी भए एकै दिनमा रिप्लेस गर्ने कम्पनीले जानकारी दियाे ।

ब्याट्री फरक भएपनि मोटर भने दुबै भेरियन्टमा समान ४.६ किलोवाट छ । नयाँ आइक्यूबमा सानो साइजको ब्याट्रीका अलावा, धेरै क्षमाताको चार्जर, सावारी दुर्घटना तथा टो अर्लट, डिस्ट्यान्स टू इम्पिटी जस्ता फिचर थप गरिएको छ ।

नयाँ भेरियन्ट सार्वजनिक भएसँगै आइक्यूव तीन भेरियन्ट र ६ कलर अप्सनमा उपलब्ध हुने छ ।


Back_to_top