काठमाडौं । दुई चिनियाँ एसयूभी नेपाल आउने भएको छ । चिनियाँ कम्पनी दीपल र जिलीले उत्पादन गरेको एसयूभी नेपाल आउने भएको हो ।
चांगान ग्रुप अन्तर्गत दीपल ब्राण्डमा नयाँ एस–०५ एसयूभी नेपाल आउने भएको हो । आगामी २०२५ को मार्चसम्ममा बिक्री सुरु गर्नेगरी एमएडब्लू वृद्धि अटोकर्पले एस–०५ नेपाल ल्याउन लागेको हो ।
जिली ग्रुप अन्तर्गतको ग्यालेक्सी ब्राण्डमा चीनमा बिक्री भइरहेको ग्यालेक्सी–५ नेपाल आउने भएको छ । नेपाली बजारमा यो एसयूभी जिली ब्राण्डमा नभएर प्रोटोन ब्राण्डमा आउन लागेको हो । मलेसियाको प्रोटोन कम्पनीको ब्राण्डमा जगदम्बा मोटर्सले उक्त एसयूभी नेपाल ल्याउन लागेको हो । यसको नाम ग्यालेक्सी–५ नभई ईमास७ हुनेछ ।

नेपाली बजारमा आउन लागेका यी दुबै ब्राण्डका एसयूभी चीनमा निकै राम्रो बिक्री र प्रतिक्रिया पाइरहेको मोडल हो । दीपल एस–०५ अक्टोबरमा मात्रै बजारमा आएको हो । तर, ग्यालेक्सी–५ झण्डै एक वर्षदेखि चीनमा बिक्री हुँदै आएको छ ।
मोटर पावर र ब्याट्री साइज
चीनमा बिक्री सुरु भएको दीपल एस–०५ मा १७५ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर रहेको छ । उक्त मोटरलाई पावर दिन ५७ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री प्रयोग गरिएको छ ।

प्रोटोन ईमास७ मा १६० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर पाउन सकिन्छ । यसमा भने यसमा ४९.५२ र ६०.२२ किलोवाट आवरको सीएटीएलले उत्पादन गरेको एनएमसी ब्याट्री प्रयोग भएको छ ।
दुबै एसयूभीको रेन्ज ४०० किलोमिटर माथि रहने सीएलटीसीले प्रमाणित गरेको छ ।
साइज
जिलीको ‘ग्लोबल मोडुलर आर्किटेक्चर’मा तयार भएको ग्यालेक्सी प्रोटोन ईमास७ को लम्बाइ ४६१५ एमएम, चौडाई १९०१ एमएम र उचाइ १६७० एमएम छ । यसमा २७५० एमएम लामो ह्वीलबेस पाउन सकिन्छ ।

सन् २०२५ को पहिलो क्वाटर भित्रै नेपाल आउने एस–०५ को लम्बाइ ४६२० एमएम, चौडाइ १९०० एमएम र उचाइ १६०० एमएम रहेको छ । साइजमा पनि यी दुबै एसयूभी लगभग उस्तै देखिन्छन् ।
अन्य फिचर
दीपल एस–०५ निकै मोर्डन फिचरले भरिपूर्ण कार हो । यसमा हुवावेको एक्सपीक्सल इनेवल इन्टेलिजेन्ट हेडलाइट दिइएको छ । यसले १२० इन्चको प्रोजेक्सन इफेक्ट दिनेछ । मनोरन्जनको लागि १४ वटा स्पीकर र पानारोमिक सनरुफ उपलब्ध छ ।
दीपलले आफ्नो नयाँ एसयूभीमा १५.४ इन्चको स्कृन ड्यासबोर्डको बीचमा दिएको छ । डी आकारमा तयार भएको स्टेरिङ ह्वील, हेडअप डिस्प्ले, प्रिमियम सिट, ठूलो स्पेश उपलब्ध गराएको छ ।

प्रोटोन ईमास७ मा एचयूडी हेडअप डिस्प्ले, १०.२ इन्चको फ्लोटिङ एलसीडी इन्ट्रुमेन्ट क्लष्टर, १५.४ इन्चको टचस्कृन इन्फोटेन्मेन्ट डिस्प्ले, फ्ल्याट बटम स्टेरिङ ह्वील जस्ता फिचर प्रयोग भएका छन् । यसमा दिइएको इन्टेलिजेन्ट ड्राइभ सिस्टमसँग ११ मुख्य कम्पोनेन्ट जोडिएको छ । जसमा मोटर, इलेक्ट्रीक कन्ट्रोल लगायत जोडिएको छ ।
एडास, एयरब्याग, ३६० डिग्री क्यामेरा लगायतका आधुनिक सबै किसिमका सुरक्षा फिचर दुबै एसयूभीमा उपलब्ध छन् ।


