स्कोडा अटोलाई भारतमा १२ हजार करोड कर छलेको आरोप

काठमाडौं । भारतमा गाडी उत्पादन गर्दै आएको स्कोडा अटो फक्सवागेन इण्डियालाई भारत सरकारले ट्याक्स छलीको आरोप लगाएको छ । कम्पनीले विगत १० वर्षदेखि १.४ बिलियन डलर अर्थात् १२ हजार करोड करछली गरेको आरोप लगाएको हो ।

स्कोडा फक्सवागेन इन्डियाले स्कोडा, फक्सवागेन र अउडीका कम्पोनेन्टहरु आयात गर्दा इम्पोर्टमा लाग्ने राजश्वको शिर्षकमा छेडखानी गरेको आरोप भारत सरकारले लगाएको हो ।

गत सेप्टेम्बरमा प्रकाशित डाटा अनुसार कम्पनीले पुरै कार अनएसेम्बल गरी आयात गरेर पार्टसको मात्र अन्तःशुल्क तिरेको थियो । यो कार्यबाट कम्पनीले १५ देखि २० प्रतिशत भन्सार छलेको सरकारी आरोप छ । भारतमा सीकेडी आयात गर्दा ३० देखि ३५ प्रतिशत भन्सार लाग्छ । तर, पार्टस् आयातमा ५ देखि १५ प्रतिशत मात्रै अन्तःशुल्क लाग्छ ।

प्रकाशित डकुमेन्टमा रोयटर्सले गरेको रिभ्यू अनुसार स्कोडाको कोडियाक, सुपर्ब, अउडी एफोर, अउडी क्यूफाइभ र फक्सवागेन टिगुवान आयात गर्दा अनएसेम्बल स्टाटसको सीकेडी आयात गरेर पाट्स दावी गरेर छुटाएको दावी छ ।

कम्पनीले ‘अर्टिफिसीयल स्ट्रक्चर लजिस्टीक अरेन्जमेन्ट’ गरी विभिन्न व्याचमा आयात गरेको थियो । ‘कमिश्नर अफ कस्टम अफिस’ महाराष्ट्रको ९५ पेज लामो सूचनामा स्पस्टसँग लाग्दो अन्तःशुल्क नतिरी सामान आयात गरेको आरोप लगाइएको छ ।

उक्त नोटिसमा सन् २०१२ देखि स्कोडा अटो फक्सवागेन इण्डियाले २.३५ बिलियन डलर इम्पोर्ट ट्याक्स तिर्नु पर्नेमा १.२६ बिलियन डलर कम ९८१ मिलियन डलर मात्र ट्याक्स तिरेको बताएको छ । यदि उक्त आरोप पुष्टी भएमा कम्पनीले २.८ बिलियन डलर (२४,००० करोड) थप कर तिर्नु पर्नेछ ।

भारतमै एसेम्बल गरेर बिक्री गर्ने अर्को कम्पनी मर्सिडिज बेन्जले भने सीकेडी स्ट्रक्चरकै ३० प्रतिशत इम्पोर्ट डिउटी तिरिरहेको छ । पछिल्लो समयमा भारतमा विदेशी अटोमोवाइल कम्पनीहरुले विभिन्न किसिमका समस्या भोग्नु परिररहेको छ ।

भारतमा लगाइएको हाइ इम्पोर्ट ट्याक्स र विभिन्न कानुनी झन्झटले बारे केही समयअघि अमेरिकी कार कम्पनी टेस्ला र चिनियाँ ब्राण्ड बीवाइडीले पनि कुरा उठाएका थिए ।


Back_to_top