भारतमा तिब्र प्रतिस्पर्धा गर्दै ३ कार ब्राण्ड

काठमाडौं । भारतीय बजारमा तीन कार ब्राण्ड बीच तिब्र प्रतिस्पर्धा सुरु भएको छ । भारतीय दुई कार ब्राण्ड टाटा, महिन्द्रा र कोरियन ब्राण्ड हुन्डाई बीच स्थानिय बजारमा कडा टक्कर चलिरहेको हो ।

नोभेम्बर महिनाको बिक्रीमा सबैभन्दा धेरै कार मारुती सुजुकीले १ लाख ६४ हजार ४३९ युनिट कार बिक्री गरेर पहिलो स्थानमा आफुलाई निकै बलियो बनाएर राखेको छ । दोस्रो स्थानको हुन्डाईको तुलनामा सुजुकी १ लाख १६ हजारभन्दा धेरै युनिटले अगाडि देखिन्छ ।

दोस्रो, तेस्रो र चौथो स्थानमा रहेका हुन्डाई, टाटा र महिन्द्रा बीच कडा टक्कर देखिन्छ । भारतीय बजारको मात्रै सेल्सलाई आधार मान्दा हुन्डाईले नोभेम्बर महिनामा ४८ हजार २४६ यूनिट कार बिक्री गरेको छ । सन् २०२४ लागेसँगै हुन्डाईलाई टाटा वा महिन्द्राले कुनै पनि महिना उछिन्न सकेको छैन ।

तेस्रो र चौथो स्थानको लागि भने टाटा र महिन्द्राको टक्कर देखिएको छ । सन् २०२४ मा महिन्द्राले दुई महिनाको बिक्रीमा टाटालाई उछिनेको छ । नोभेम्बरको बिक्रीमा भने टाटा ४७ हजार ६३ युनिट बिक्रीसँगै तेस्रो स्थानमा रहँदा महिन्द्रा ४६ हजार २२२ यूनिट बिक्रीसँगै चौथो स्थानमा रहेको छ । अघिल्लो अक्टोबर महिनामा टाटाभन्दा महिन्द्रा धेरै गाडी बिक्री गर्न सफल भएको थियो ।

 


Back_to_top