कहिले आउँछ टीभीएसको एड्भेन्चर मोटरसाइकल ?

काठमाडौं । टीभीएस मोटर्सले एड्भेन्चर सेग्मेन्टमा प्रवेश गर्ने भएको छ । कम्पनीले ३०० सीसी सेग्मेन्टमा एड्भेन्चर मोटरसाइकल २०२५ को मध्यसम्ममा बजारमा ल्याउने भएको हो ।

हालै सार्वजनिक एक रिपोर्टका अनुसार कम्पनीले आरआर ३१० मा भएको इन्जिनमा एड्भेन्चर मोटरसाइकल ल्याउने तयारी थालेको हो ।

कम्पनीले हालै मात्र आरटीएस ३१० एड्भेन्चर मोटरसाइकलको पेटेन्ट सार्वजनिक भएको थियो । उक्त मोटरसाइकल टेस्टिङको तयारी भइरहेको रिपोर्टमा उल्लेख छ । कम्पनीले जनवरीमा हुने भारत मोविलिटी ग्लोवल एक्स्पोमा उक्त मोटरसाइकलको कन्सेप्ट सार्वजनिक गर्ने अनुमान समेत गरिएको छ ।

सार्वजनिक पेटेन्टका अनुसार आरटीएक्स ३१० एड्भेन्चरको फ्रन्टमा २१ र रियरमा १८ इन्च स्पोक वायर टायर हुने अनुमान गर्न सकिन्छ । यसको दुबैतर्फ डिस्क ब्रेक, एड्जष्टेवल यूएडी फर्कका साथै स्वीचेवल एबीएस हुने अनुमान गर्न सकिन्छ ।

यो एड्भेन्चर मोटरसाइकल फिचर लोडड हुनेछ । यसमा क्रुज कन्ट्रोल, कर्नरिङ कन्ट्रोल, एबीएस मोड, भ्यान्टिलेटेड सिट, कनेन्ट फिचर, टीएफटी क्लस्टर, क्वीक सिफ्टर, स्लिपर क्लच जस्ता फिचर हुने अनुमान गर्न सकिन्छ ।

यसका आपाचे आरआर ३१० मा भएको ३१० सीसी सिंगल सिलिन्डर, लिक्वीड कुल्ड, डिओएचसी इन्जिन उपलब्ध हुने अनुमान गर्न सकिन्छ । यो इन्जिनले ३७।५ बीएच पावरका साथै २९ एनएम टर्क जेनेरेट गर्छ ।


Back_to_top