काठमाडौं । सुजुकी मोटर्सले आफ्नो सफल प्रिमियम ह्याचब्याक स्वीफ्ट ड्युल टोनमा देखाएको छ । थाइल्याण्डमा चलिरहेको मोटर एक्स्पो २०२४ मा सुजुकीले स्पेशल एडिसन स्वीफ्ट देखाएको हो ।
फ्रन्टमा पर्पल र पिङ्कको कम्बिनेस र रियरमा ब्लू कलरमा देखिएको नयाँ स्वीफ्ट निकै आकर्षक देखिएको छ । यसको साइड प्रोफाइलमा ह्वाइट,रेड र व्ल्याकको स्ट्राइप रहेको छ । जसले ह्याचब्याकलाई निकै युनिक देखाएको छ।
शोमा देखाइएको स्वीफ्टमा ग्लसी फिनिसिङ सहितको नयाँ डिजाइनको अलोय ह्वील देखिएको छ । कस्मेटिक अपडेटका अलावा स्पेशल एडिसन स्वीफ्टमा रेगुलर एलईडी प्रोजेक्टर हेडल्याम्प तथा एलईडी टेलल्याम्प क्लस्टर रहेको छ ।
थाइल्याण्डमा देखाएको यो स्वीफ्टले स्थानीय मिडियामा निकै चर्चा पाएको छ । अन्य बजारमा सुजुकी स्वीफ्टको चौथो जेनेरेशन मोडल लन्च भइसके पनि थाइल्याण्डमा भने थ्रर्ड जेनेरेशन नै बिक्री भइरहेको छ ।

यो स्वीफ्टमा १.२ लिटरको फोर सिलिण्डर के१२ एम पेट्रोल इन्जिन रहेको छ । जसले ८२ ब्रेक हर्सपावर तथा १०८ न्यूटन मिटरको टर्क जेनेरेट गर्छ । यो कारमा सीभीटी अटोमेटिक गियर बक्स रहेको छ ।

