काठमाडौं । हालै सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल)मा उत्कृष्ट बलिङ गरेका ललित राजवंशीले जितेको इलेक्ट्रीक मोटरसाइकलको चर्चा बढिरहेको छ । अझ मोटरसाइकल पाएको घोषणापछि उनले आफ्ना टीमका न्यूजिल्याण्डका अलराउन्डर जिमी निसमलाई पछाडि राखेर मैदानमै मोटरसाइकल दौडाएपछि त्यसको चर्चा थप चुलिएको हो ।
राजवंशीले उक्त पुरस्कार पाउन एनलपीएमा उत्कृष्ट बलिङ गर्दै १७ विकेट हात पारेर सर्वोकृष्ट बलर बन्न सफल भएका थिए ।
बलियो प्रतिद्धन्दी सुदुरपश्चिमलाई फाइनल खेलमा हराउँदै राजवंशीको टिम जनकपुर बोल्टले एनपीएलको उपाधी हात पारको थियो । राजवंशीले महत्वपुर्ण विकेट लिन सफल भएका थिए ।
उपाधी जितसँगै उनले उकृष्ट बलरले पाउने अल्टाभोइलेट इलेक्ट्रीक मोटरसाइकलमा राखेर न्यूजिल्याण्डका उत्कृष्ट खेलाडी जिमी निसमलाई खेल मैदानमै मोटरसाइकल चलाएका थिए । उक्त भिडियो अहिले सामाजिक संजालमा चर्चामा छ ।

यसले अल्ट्राभोइलेट इलेक्ट्रीक मोटरसाइकलको चर्चासमेत बढेको छ । अल्ट्राभोइलेट इलेक्ट्रीक ब्राण्ड भारतमा उत्पादन हुने सबैभन्दा पावरफुल इलक्ट्रीक मोटरसाइकल ब्राण्ड हो । अल्ट्राभोइलेट केडिया इन्टरनेशनलले नेपाल भित्र्याएको ब्राण्ड हो ।
ललित राजवंशीले उत्कृष्ट बलर हुँदै पाएको मोटरसाइकल अल्ट्राभोइलेट एफ ७७ हो यसको सुरुवाती मूल्य ८ लाख ४४ हजार २८९ रुपैयाँदेखि ९ लाख ९९ हजार रुपैयाँसम्म रहेको छ । उनले पाएको मोटरसाइकल ९ लाख ९९ हजार रुपैयाँ बराबरकै हो ।
अल्ट्राभोइलेट एफ ७७ विभिन्न तीन भेरियन्ट उपलब्ध छ । यसमा एफ ७७ लाइटिनिङ, एफ ७७ स्याडो र एफ ७७ लेजरगरी तीन भेरियन्ट उपलब्ध छ ।

अल्ट्राभोइलेट एफ ७७ मोटरसाइकलमा निकै पावरफुल ३० किलोवाट पीक पावर भएको एयर कुल्ड मोटर छ । यसको टप स्पीड प्रतिघण्टा १४७ किलोमिटर रहेको कम्पनीको दाबी छ । मोटरसाइकलमा इको, स्पोर्ट र इन्सेनगरी तीन राइडिङ मोड पाउन सकिन्छ ।
यसको टप भेरियन्टमा १०.५ किलोवाट क्षमताको लिथियम आयोन ब्याट्री उपलब्ध छ । यसलाई सामान्य चार्जरबाट ४ घण्टामा र फास्ट चार्जरबाट एक घण्टा ५० मिनेटमा फुलचार्ज गर्न सकिन्छ । यसले एक पटकको फुलचार्जमा ३०७ किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ ।
अल्ट्राभोइलेट एफ ७७ मा अत्याधुकिन फिचरहरू जस्तै ट्रयाक्सन कन्ट्रोन, ब्याट्री रिजने टेक्नोलोजी, डिजिटल कन्सोल, कनेक्ट फिचर, स्वीचएवल एबीएस, हिल होल्ड, पार्क एसिस्ट लगातयत अन्य धेरै फिचर छन् ।


