१ प्रतिशत ब्याजमै होण्डाका मोटरसाइकल र स्कुटर किन्न सकिने, डाउन पेमेन्ट कति ?

काठमाडौं । होण्डाका मोटरसाइकल तथा स्कुटर १ प्रतिशत ब्याजदरमै किन्न सकिने भएको छ ।

होण्डा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता स्याकार ट्रेडिङले ल्याएको नयाँ फाइनान्स स्कीम अन्तर्गत १ प्रतिशत ब्याजमै मोटरसाइकल किन्न सकिने भएको हो ।

कम्पनीका अनुसार यो स्कीममा १२५ सीसीसम्मका मोटरसाइकल तथा स्कुटर १ प्रतिशत ब्याजमै खरिद गर्न सकिन्छ । यस बाहेक कम्पनीले होण्डा हर्नेट २.० मा यो स्कीम लागू हुने बताएको छ ।

यो स्कीममा मोटरसाइकल तथा स्कुटर किन्न चाहाने ग्राहकले ६० प्रतिशत डाउन पेमेन्ट गर्नुपर्ने हुन्छ । यसका अलावा बाँकी ४० प्रतिशत रकम १२ महिनाको मासिक किस्तामा बुझाउनु पर्नेछ । यो रकममा १ प्रतिशत मात्र ब्याज लाग्नेछ ।

यसका अलावा मोडल अनुसार फाइनान्स सर्भिस चार्ज ४ देखि ५ हजारसम्म र १ वर्षको फुल इन्स्योरेन्स बापतको शुल्क बुझाउनु पर्नेछ ।

यो स्कीममा मोटरसाइकल तथा स्कुटर किन्न लाइसेन्स भने अनिवार्य गरिएको कम्पनीले जनाएको छ । यो योजना उपत्यकाका सबै होण्डाका शोरुममा र उपत्यका बाहिर सीमित शोरुममा यही पुस १६ गतेसम्म मात्रै लागू हुने कम्पनीले जनाएको छ ।


Back_to_top