यामाहाले ल्यायो ‘अन्डरटेबल अफर’, यस्ता छन् सुविधा

काठमाडौं । यामाहाले मोटरसाइकल तथा स्कुटरमा ‘यामाहासँग अन्डरटेबल अफर’ योजना सुरु गरेको छ ।

नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता एमएडब्लू राइडले क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको अवसरमा उक्त अफर ल्याएको हो ।

कम्पनीका अनुसार यस अफरमा ग्राहकले सहुलियत ब्याजदरमा ईएमआइ र अन्य सुविधा पाउने छन् । यस योजना अन्तर्गत ग्राहकले ईएमआइमा यामाहाको मोटरसाइकल तथा स्कुटर खरिद गर्दा ७.९९ प्रतिशत ब्याजदरमै ईएमआइ सुविधा पाउने छन् ।

साथै, ग्राहकले ईएमआइका लागि इजी डक्युमेन्टेसन र इजी पेमेन्ट मोडल्स् सुविधा पनि पाउने कम्पनीले जनाएको छ ।

यसका अलावा मोटरसाइकल तथा स्कुटर खरिद गर्न आएका ग्राहकलाई कम्पनीले टेस्ट राइडको अवसर दिनेछ । एक भाग्यशाली ग्राहकले बम्पर पुरस्कार समेत पाउने छन् ।

यो अफर यामाहाको सबै आधिकारिक शोरुमहरूमा पाइने छ भने शर्तहरू लागू हुनेछ ।


Back_to_top