भिडियोमा हेर्नुहोस् क्रेटा ईभी, ५१.४ किलोवाट आवरको ब्याट्री हुने

काठमाडौं । हुन्डाई मोटर इन्डियाले क्रेटा ईभीको टिजर भिडियो सार्वजनिक गरेको छ । यसअघि ४५ किलोवाट आवारको ब्याट्री हुने भनिएकोमा क्रेटा ईभीको अफिसियल भिडियोमा ५१.४ किलोवाट आवरको ब्याट्री देखाइएको हो ।

कम्पनीले सार्वजनिक गरेको भिडियो अनुसार क्रेटा ईभीको रेन्ज एआरएआई सर्टिफिकेट अनुसार ४७३ किलोमिटर हुने दावी गरिएको छ । क्रेटा ईभीमा कोना ईभीमै प्रयोग भएको १०० किलोवाटको मोटर रहनेछ । क्रेटा ईभीले मात्र ७.९ सेकेण्डमा शून्यबाट १०० को स्पीड भेट्टाउन सक्नेछ ।

क्रेटा ईभीमा गियर सेलेक्टर पनि स्टेरिङ कोलुममा दिएको छ । भ्वाइस एक्टीभेटेड प्यानारोमिक सनरुफ, फ्रन्टमा दिइएको चार्जिङ पोर्ट र आयोनीक-५ मा जस्तै अगाडि एक्टीभ एयर फ्ल्याप दिएको हो । क्रेटा ईभीमा भीटुएल सुविधा पनि उपलब्ध हुनेछ ।

क्रेटा ईभीको क्याविनमा विभिन्न लग्जरी फिचर छन् । यसमा १०.२५ इन्चको ड्यूल स्कृन, बोसको प्रिमियम साउण्ड सिस्टम, भेन्टीलेटेड र पावर फ्रन्ट सिट, लेभल २ एडास सिस्टम, ६ वटा एयरव्याग, ३६० डिग्री क्यामरा, डिजिटल कि, इलेक्ट्रीक टेलगेट उपलब्ध हुनेछ ।

आगामी जनवरी १७ मा दिल्लीमा एक कार्यक्रमका बीच क्रेटा ईभी सार्वजनिक हुनेछ । क्रेटाको ब्राण्ड एम्बेस्डर भारतीय चर्चित कलाकार साहरुख खान रहेका छन् ।


Back_to_top