काठमाडौं । टेल्जी इलेक्ट्रीक स्कुटरले पछिल्लो समय रिसर्च एण्ड डेभलपमेन्टमा राम्रो सफलता हात पार्दै गएको छ । कम्पनीले हालै मात्र १० मिनेटमा ८० प्रतिशत चार्ज हुने नेबुला चार्जिङ सिस्टम तयार पारेको हाे ।
कम्पनीले हालै सम्पन्न इआईसीएमए ९इक्मा० अटो शो २०२४ मा १० मिनेटमै ८० प्रतिशत चार्ज हुने स्कुटर प्रदर्शन गरेको छ ।
कम्पनीले उक्त अटो शोमा एस ९६ म्याक्स अत्याधुनिक स्कुटर प्रर्दशन गरेको हो । टेल्जीले एस ९६ म्याम्समा पहिलो सुपर फास्ट चार्जिङ सपोर्ट गर्ने ब्याट्रीका साथै दुईपाँग्रे स्कुटरमा नै पहिलो पटक थ्री इन वान इन्ट्रिगेटेड (स्टार रिङ म्याग्नेटिक) १५ किलोवाट क्षमाताको मोटर प्रयोग गरिएको छ । यो मोटर एक्जाइल फ्लक्स मोटर संरचना रहेको छ । यसले ट्रान्समिसन र इलेक्ट्रोनिक्स नियन्त्रण प्रणालीलाई एकीकृत गर्ने काम गर्छ ।
पहिलो पटक प्रयोगमा आएको यो मोटरले यो स्कुटरलाई ०-५० को स्पीड मात्र ३.५ सेकेण्डमा भेट्न सक्छ । यसको टप स्पीड क्षमता प्रतिघण्टा १२० किलोमिटर रहेको कम्पनीको दाबी छ । यो मोटरले अन्य मोटरको तुलनाम १३।५ प्रतिशत इनर्जी बचत गर्नुका साथै, मोटरको तौल र साइज समेत ५० प्रतिशतले कम गरेको छ ।

टेल्जीले प्रदर्शन गरेको यो पावरफुल स्कुटरमा ०-८० प्रतिशत चार्ज मात्र १० मिनेटमा गर्न सकिने नेबुला फास्ट चार्जिङ सिस्टम रहेको छ । यो स्कुटर २० किलोवाट पावरको चार्जरबाट चार्ज गर्न सकिन्छ ।
कम्पनीले निकट भविष्यमा नै अन्य मोडलमा समेत यो चार्जिङ सिस्टम प्रयोगमा ल्याउने योनजा बनाएको छ । कम्पनीले हालै मात्र बीवाइडीसँग ब्याट्रीका लागि सहकार्य गरेको छ । बीवाइडी र टेल्जीको सहकार्यमा टेल्जी स्कुटरको लागि ब्याट्री उत्पादन गर्ने योजना भएको कम्पनीको भनाइ छ ।

