काठमाडौं । एमजीको पछिल्लो इलेक्ट्रीक कम्प्याक्ट क्रसओभर एसयूभी एस-५ छिट्टै नेपाली बजारमा आउने छ । पारामाउन्ट मोटर्सले यसअघि बिक्री गर्दै आएको एमजी जेडएस ईभीको सट्टामा नयाँ एस-५ ल्याउन लागेको हो ।
जनवरी अन्तिमबाट बुकिङ खोल्ने तयारी भइरहेको एस-५ मोडलले सम्भवत जेडएस ईभीलाई पूर्ण रुपमा प्रतिस्थापन गर्नेछ । एमजी इएस-५ मूल्यका हिसावले अफोडेबल र चलाउँदा निकै प्राक्टीकल तथा उत्कृष्ट ड्राइभिङ डाइनामिक्स भएको मोडल हुनेछ ।
चिनियाँ बजारमा १४ देखि २० हजार डलर सुरुवाती भेरियन्टको मूल्य कायम भएको एस-५ नेपालमा ५० देखि ६० लाख रुपैयाँसम्म पर्न सक्नेछ ।
एसएआइसीको नेबुला प्लेटफर्ममा बनेको एस-५ एसयूभी सेग्मेन्टमै पहिलो रियर ह्वील ड्राइभ मोटरमा उपलब्ध हुने मोडल हो । रियर ह्वीलमा मोटर हुनुको साथै फाइभ लिङ्क इन्डीपेन्डेन्ट सस्पेन्स र एड्भान्स ड्राइभर असिस्ट सिस्टम भएको कारण यसको ड्राइभिङ डाइनामिक्स उत्कृष्ट हुनेछ ।

एमजी एस-५ ले ब्राण्डको सार्प एस्थेठीक र मोर्डन डिटेल सहित पछिल्लो डिजाइन ल्याङ्वेजलाई फलो गरको छ । यसको फ्रन्टमा सार्प एलइडी रनिङ लाइट र अग्रेसीभ डिजाइनको बम्पर पाउन सकिन्छ ।
तर, यसमा दिएको क्लोजअफ फ्रन्ट ग्रील, वाइड प्लास्टीक ह्वील आर्क तथा कर्भ बनेट लाइनले गाडीलाई बल्की देखाएको छ । एमजीको एस-५ को लम्बाइ ४४७६ एमएम, चौडाइ १८४९ एमएम र उचाइ १६२१ एमएम छ । यसमा २७३० एमएम लामो ह्वील वेस पाउन सकिन्छ । यसमा कम्पनीले अहिलेसम्मकै सबैभन्दा पातलो ११० एमएम उचाइ भएको ब्याट्री प्रयोग भएको छ ।
एमजीले एस-५ को क्याविनमा मिनिमलीस्टीक डिजाइन अप्रोच राखेको छ । यसको ड्यासबोर्डको बीचमा १५.६ इन्चको फ्लोटिङ टचस्कृन रहेको छ । जहाँ ड्राइभर इन्फर्मेसनको लागि छुट्टै १०.२५ इन्चको एलसीडी इन्ट्रुमेन्ट क्लस्टर पाउन सकिन्छ ।
यसमा थ्री स्पोक फ्ल्याट बटम स्टेरिङ ह्वील छ । स्टेरिङ कोलुममै रहेको गियर सिफ्टरले चालकलाई एकदमै सजिलो बनाएको छ । सेन्टर कन्सोलमा वायरलेस चार्जिङ प्याड र दुईवटा कप होल्डर मात्र रहेको सफा छ ।
यो ईभीमा १७० पीएस पावर दिने १२५ किलोवाटको रियर मोटर दिएको छ । कम्पनीले यसलाई ४९.१ र ६२.२ किलोवाट आवरको एलएफपी ब्याट्री प्याक दिएको छ ।

