पहिलो पटक देखियो लीपमोटरको नयाँ ‘बी-०१’ मोडल

काठमाडौं । स्टेलान्टीसको सपोर्टसँगै तिब्र नयाँ मोडल ल्याउन लागि परेको लीपमोटरले बी-०१ मोडल ल्याउने भएका छन् । कम्पनीले सन् २०२५ को मध्यतिर बजारमा ल्याउने बी-०१ एक सेडान कार हो ।

लीपमोटरले ल्याउन लागेको नयाँ सेडान कारको मूल्य १३ हजार ६५० देखि २० हजार ४५० अमेरिकी डलरसम्म मूल्य हुने बताइएको छ । कम्पनीले यसलाई युरोपमा पनि बिक्री वितरण गर्ने जनाएको छ ।

लीपमोटर सन् २०१५ मा स्थापना भएको स्टार्ट अप कम्पनी हो । सन् २०२४ मा २० प्रतिशत कुल हिस्सा स्टेलान्टीसले खरिद गरेको थियो । अन्तर्राष्ट्रिय विजनेशमा भने स्टेलान्टीसले ५१ प्रतिशत लगानी गरेको छ । स्टेलान्टीसको प्रबेश भएकै वर्ष लीपमोटरले २ लाख ९३ हजार ७२४ युनिट कार बिक्री गर्न सफल भएको छ ।

अहिले परीक्षणको क्रममा देखिएको सेडान कारमा मल्टी स्पोक ह्वील, फ्लस डोर ह्याण्डल दिएको देखिन्छ । लीपमोटरको ३.५ आर्किटेक्चर बी प्लेटफर्ममा बनेको बी-०१ कारमा हाइ भिजन लाइडार र एआई ड्राइभिङ चिप समावेस छ ।

कम्पनीले ४.७ मिटर लामो अल इलेक्ट्रीक मोडलमा ५६.२ किलोवाट आवरको एलएफपी ब्याट्री र १६० किलोवाटको सिंगल मोटर उपलब्ध हुनेछ ।


Back_to_top