यामाहा R15 V3 एबिएससहित डार्कनाइट कलरमा सार्वजनिक

यामाहाले २०१९ मा भारतीय बजारमा आक्रामक बजार बिस्तार गर्ने योजना बनाइसकेको छ । यसै अन्तर्गत २१ जनवरीमा प्रेस कन्फ्रन्स आयोजना गर्दैछ । यहि क्रममा भारतीय बजारमा यामाहाले आफ्नो सफल बाइक आर १५ भि ३ नयाँ  डार्क नाइट कलरमा सार्वजनिक गरेको छ । यो बाइक एबीएस विशेषतासहित उपलब्ध भारतमा सार्वजनिक गरेको छ । अप्रिल डेडलाइन भन्दा अगाडीनै कम्पनीले नयाँ सुरक्षा विशेषतासँगै बाइमामा सिगंल च्यानल एबिएस, आक्रोपोभिक एक्सजस्ट सिस्टम, एड्जस्टेबल ब्रेक, क्लच लिभर तथा एरोडायनामिक विङ्गलेट्सलगायतका फिचरसहित आर १५ भी ३ सार्वजनिक गरेको हो ।

बाइकमा स्टाइललिस्ट एलईडी हेडलाइट, टल वाइन्ड–स्क्रिन, वाइन्ड डिफ्लेक्टरलगायतका विशेषता उपलब्ध छन् ।

साथै, पुरानो मोडलमा उपलब्ध रियर भ्यू(मिररलाई क्लिपअन ह्यान्डबारले विस्थापन गरेको छ । साथै, कम्पनीले मोटरसाइकलको फ्यूल ट्याङ्कीमा ग्रिप लगाएको छ जसले कर्नरिङमा सहज हुन्छ।

यसमा उपलब्ध १५५ सीसी लिक्विड सिङ्गल सिलिन्डर इन्जिनले १०००० आरपीएममा १९.३ पीएस पावरकासाथै १४.७ एनएम(टर्क उत्पादन गर्छ । यसको इन्जिनमा सिक्स-स्पीड ट्रान्समिसन लगाइएको छ । मोटरसाइकलमा अर्को आकर्षक विशेषतास्वरुप भेरिएवल भल्भ एक्ट्यूएसन (भीभीए) भीभीए प्रविधिको प्रयोग गरिएको कम्पनीले जनाएको छ । यसको मूल्य अरु कलरको बाइकभन्दा २ हजार भारतीय रुपैयाँले धेरै रहेको छ ।


Back_to_top