बीवाइडी सिगलको फेसलिफ्ट मोडल आउने, यी फिचर थप

काठमाडौं । नेपाली बजारमा बहुप्रतिक्षीत बीवाइडीको ह्याचब्याक कार सिगलको फेसलिफ्ट मोडल आउने भएको छ ।

बीवाइडीले चिनियाँ मिनिस्ट्री अफ इन्डष्ट्री एण्ड इन्फर्मेसन टेक्नलोजीमा सिगलको फेसलिफ्टका लागि निवेदन दिएको हो ।

फेसलिफ्ट सिगलमा रिडिजाइन बम्पर, फ्रन्ट पार्किङ राडार, ३६० डिग्री सराउण्ड भ्यू क्यामरा जस्ता फिचर थपिएको छ । फेसलिफ्ट सिगलमा गन्टलेट सेपको नयाँ फ्रन्ट बम्पर दिनुको साथै लोअर बम्परमा ट्रापेज सेपको एयर इनटेकका रहेको छ ।

सिगलको टेक्नलोजीमा भने मुख्य अपडेट भएको छ । नयाँ सिगलमा सराउण्ड भ्यूका लागि बम्पर तथा साइडभ्यू मिररमा क्यामरा दिइएको छ । अहिलेको मोडलमा रियर भ्यू क्यामरा मात्र रहको छ । सिगलमा पार्किङका लागि सहज होस् भनेर फ्रन्ट पार्किङ राडारा समेत दिइएको छ ।

बीवाइडी सिगलको लम्बाइ ३७८० एमएम, चौडाइ १७१५ एमएम, उचाइ १५४० एमएमको रहेको छ । यो कार २५०० एमएमको ह्वीलबेसमा बनेको हो । सिगलमा ३०.१ र ३८.९ गरी दुई फरक ब्याट्रीप्याक अप्सन रहेको छ भने स्ट्याण्डर्ड ५५ किलोवाटको इलेक्ट्रीक मोटर दिएको छ ।

हाल नेपालमा समेत सडक परीक्षण भइरहेको बीवाइडी सिगल आगामी नाडा अटोशोसम्म लन्च हुने अनुमान गरिएको छ ।


Back_to_top