काठमाडौं । सुजुकीले इलेक्ट्रीक ह्याचव्याक कार ल्याउने तयारी थालेको छ । कम्पनीले ‘वाईटुभी’ कोड नाम राखेर नयाँ मोडलमा काम अगाडि बढाएको हो ।
सन् २०२८ बाट मात्रै उत्पादनमा आउने यो इलेक्ट्रीक कार सुजुकीको इन्ट्री मोडल हुनेछ । बजेट कार खोज्नेहरुको लागि उपयुक्त हुने वाईटुभी मोडल भारतमा उत्पादन हुनेछ ।
मारुती सुजुकीले सन् २०३१ सम्ममा ६ नयाँ मोडल बजारमा ल्याउने घोषणा गरेको छ । कम्पनीको उक्त घोषणा अनुसार नै कम्पनीले एकपछि अर्को नयाँ मोडलको तयारी थालेको हो ।
सुजुकीको बजेट ह्याचव्याक कारमा ३५ किलोवाट आवरको ब्याट्री रहेने अनुमान गरिएको छ ।

