विश्वका १०० बढी देशमा बिक्री भइरहेको इलेक्ट्रीक स्कुटर नेपाली बजारमा भित्रिँदै

काठमाडौं । विश्वभर ७ वर्षसम्म लगातार सबैभन्दा धेरै इलेक्ट्रीक स्कुटर बिक्री गर्न सफल चिनियाँ कम्पनी याडियाको नयाँ इलेक्ट्रीक स्कुटर ‘याडिया इपोक’ नेपाली बजारमा भित्रिने भएको छ ।

याडिया इलेक्ट्रीक स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता कुजु नेपालले ‘याडिया इपोक’ इलेक्ट्रीक स्कुटर नेपालमा बजारमा ल्याउने भएको हो ।

हाल विश्वका १०० भन्दा बढी देशमा बिक्री भइरहेको याडियाको इपोक मोडल अब नेपाली बजारमा पनि उपलब्ध हुने भएको हो । नेपालमा यसको बिक्री चाँडै सुरू हुने कम्पनीले जनाएको छ ।

याडिया इपोकमा ३००० वाटको ह्वील हब मोटर र ७२ भोल्ट ३८ एम्पियरको ग्राफिनी ब्याट्रीप्याक पाउन सकिन्छ । यस स्कुटरले एकपटकको फुलचार्जमा १५० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ ।

इपोक स्कुटरलाई १६ डिग्रीसम्मको क्लाइम्बिङ एगंल (न्यूनतम तापक्रम)मा सजिलै चलाउन सकिने छ ।

फूल्ली क्रोम प्लेटेड डिजाइनमा तयार भएको इपोक स्कुटरमा पूरा एलईडी लाइट, भिजिबलिटी डिस्ट्यान्स लाइट, ७ इन्चको डिजिटल ड्यास बोर्ड, याडिया कनेक्ट एप सिस्टम, स्मार्ट साइड स्ट्यान्ड, डबल डिस्क ब्रेक, हाइड्रोलिक सक अब्जर्बार र ३० लिटर क्षमताको बुट स्पेस जस्ता अत्याधुनि फिचरहरू छन् ।

कुजु नेपालले याडियाको इपोक मोडल नेपाली बजारमा २ लाख ३५ हजार रुपैयाँ मूल्य निर्धारण गरेर बिक्री सुरू गर्ने भएको छ ।


Back_to_top